Friday, December 7, 2012

भारतीय नेताको आगमनः मिलाउन कि चर्काउन ?

भारतीय नेताको आगमनः मिलाउन कि चर्काउन ?


वर्ष ९, अंक ३४ (२०६९ मंसीर २२ गते शुक्रबार प्रकाशित)
    नयाँ सरकार गठन गर्ने या वर्तमान सरकारलाई नै निरन्तरता दिने सन्दर्भमा बहस चलिरहेको बेला भारतीय काँग्रेस पार्टीका नेता करणसिंह भण्डारीको दुईदिने नेपाल आगमन पक्कै पनि संयोगमात्र होइन । भारतीय नेता भण्डारीको आगमनभित्र नेताहरूबीचको सामूहिक भेटघाटमात्र होइन गोप्य बैठक भएको जानकारी प्रकाशमा आएको छ । नेता भण्डारीले सामूहिक भेटमा ‘मिलेर चुनावमा जान भारतको सुझाव’ भने पनि उनको आगमनभित्र अर्को रहस्य भएकै हुन्छ ।
    भारतीय नेताहरू कुनै एक दलको नेताले बोलाएको रात्रिभोजमा विना उद्देश्य सामेल हुँदैनन् । भारतीय नेताहरूको इसाराबिना नेपालले केही गर्न नसक्ने नेपाली नेताहरूको आरोप पहिलेदेखिको हो । उक्त आरोप भारतीय नेता भण्डारीको आगमनले थप पुष्टि गरेको छ । सहमतिको सरकार गठन गर्न नसकिरहेको बेला भएको उक्त भ्रमणलाई राजनीतिज्ञहरूले अर्थपूर्ण बताएका छन् । नेता भण्डारीको भ्रमणले दलका नेतामा के सन्देश छर्यो र त्यसको परिणाम के हुने हो त्यो भने प्रतिक्षाकै विषय छ ।
    नेपाल र नेपाली जनताको आवश्यकता र मागलाई नेपालले पूरा गर्नुपर्छ । हरेक राजनीतिक परिवर्तन या नीति निर्माण तथा सरकार परिवर्तनको सन्दर्भमा विदेशी शक्तिको गुहार किन ? नेपालको आन्तरिक मामिलाको निकासको बाटोको विदेशी शक्तिसँग के मन्त्र छ ? भारतीय नेता भण्डारीको नेपाल आगमन नभए के नेपालको राजनीतिक सङ्कट र संवैधानिक सङ्कट हुनेछैन ? विदेशी नेताको भरमा किन नेपालको राजनीतिक नेताहरू राजनीति गर्छन् ? विदेशीको पछि लागेर कसरी नेपालको राजनीतिक सङ्कट अन्त्य हुन्छ ? विदेशी नेताहरू चारजना नेतासँग चार थरी कुरा गरेर एक आपसमा झगडा गराउँछन् । र आफ्नो स्वार्थ पूरा गर्छन् । एक आपसमा मिल्छ भनेरै ती शक्तिहरू झगडाको बीउ छर्छन् । देशले समयमै निकास नखोज्नुको एक कारण विदेशीको मन्त्रयुद्ध पनि हो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete