Friday, December 7, 2012

सीएनएन हिरोमा पुष्पा बस्नेत

सीएनएन हिरोमा पुष्पा बस्नेत

वर्ष ९, अंक ३४ (२०६९ मंसीर २२ गते शुक्रबार प्रकाशित)
    काठमाडौं,। बालबालिकाको संरक्षणको क्षेत्रमा क्रियाशील पुष्पा बस्नेत सन् २०१२ को सीएनएन हिरोमा चुनिनु भएको छ ।
    आइतबार राति अमेरिकाको लस एन्जेलस सहरमा भएको प्रतिस्पर्धामा नौजना प्रतिस्पर्धीलाई पछाडि पार्दै सो उपाधि हात पार्नु भएको हो । २६ वर्षीया बस्नेतले करिब सातवर्ष अगाडिदेखि जेल जीवन बिताइरहेका अभिभावकका बालबालिकाको स्वास्थ्य, शिक्षा, आवास, खानपिनलगायतको संरक्षणमा समर्पित रही कार्य गरेवापत पुरस्कृत गरिएको हो ।
    सो उपाधि प्राप्त गरेवापत उनले दुईलाख ५१ हजार अमेरिकी डलर पुरस्कारस्वरूप प्राप्त गर्नुभएको छ । काठमाडौंको बूढानीलकण्ठस्थित उनको बाल विकास केन्द्रमा १४१ भन्दा बढी बालबालिकाले आश्रय लिएका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete