मुद्दा फिर्ता लिनु गलतः मानव अधिकार
वर्ष ९, अंक ३६ (२०६९ पुस ६ गते शुक्रबार प्रकाशित)
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले कानुनी कारबाही गर्नुपर्नेका मुद्दा फिर्ता गरेर सरकारले गल्ती गरेको बताउनुभएको छ ।
मानवअधिकार एलायन्सद्वारा आयोजित तेसो राष्ट्रिय मानव अधिकार सम्मेलनको समापन कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले मानवअधिकार हनन्का घटनामा राज्यले दोषीहरूलाई माफी दिइनु गलत परम्परा भएको बताउनुभएको हो ।
“गम्भीर मानवअधिकार हनन्का घटनामा संलग्नहरूका मुद्दा सरकारले फिर्ता लिँदै जाने हो भने शान्ति सम्झौतामा उल्लेख भएको सत्य निरुपण तथा मेलमिलाप आयोगको काम के हो ?” अध्यक्ष उपाध्यायको प्रश्न थियो ।
मुलुकको मानवअधिकारको अवस्था ‘रोगी’ सरह भएको भन्दै उहाँले छुवाछुतको समस्या कानुनी उपचार वा जनचेतना अभियान चलाएर मात्रै नहुने भन्दै व्यक्तिको मानसपटलमा परिवर्तन आवश्यक भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष नेत्र तिमल्सिना मुलुकमा भ्रष्टाचारको अन्त्य नभएसम्म मानवअधिकारको रक्षा हुन नसक्ने धारणा राख्नुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्रका अध्यक्ष सुवोध प्याकुरेलले मानव अधिकारको वकालत गर्दा कसैले पनि नाता कुटुम्ब नहेरी को दोषी छ भन्ने आधारमा गर्न आग्रह गर्नुभयो ।
देशभरका एक हजार ५११ भन्दा बढी संस्थाका प्रतिनिधि सहभागी सो सम्मेलनले मुलुकमा संवैधनिक जटिलता फुकाई सक्रमणकालको अन्त्य गराउन राजनीतिक नेतृत्वलाई आग्रहलगायतका १८ बुँदे घोषणापत्र जारी गरेको छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete