Friday, December 28, 2012

विद्युतभार कटौती झन् थपियो

विद्युतभार कटौती झन् थपियो

वर्ष ९, अंक ३७ (२०६९ पुस १३ गते शुक्रबार प्रकाशित)
    काठमाडौं, । नेपाल विद्युत प्राधिकरणले पुस ११ गतेदेखि लागू हुने गरी विद्युतभार कटौती थप गरी हप्ताको १५ घण्टाले बढाएको छ । यसअघि मंसिर २३ गतेदेखि हप्तामा ६९ घण्टा विद्युत भार कटौती हुँदै आएकोमा बुधबारदेखि हप्तामा ८४ घण्टा विद्युतभार कटौती गरिने प्राधिकरणले जनाएको छ । परिवर्तित तालिकाअनुसार अब सातै दिन बार्ह घण्टा विद्युतभार कटौती हुनेछ ।
   नदीहरूमा पानीको जलस्तर घट्न गएको कारण मागअनुसारको आपूर्तिमा असन्तुलन रहेको हुँदा साविकमा हुँदै आएको विद्युतभार कटौतीको तालिकामा हेरफेर गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete