विदेशीबाट पालित दलबाट देशको स्थिति संकटमा
वर्ष ९, अंक ३६ (२०६९ पुस ६ गते शुक्रबार प्रकाशित)
काठमाडौं। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले विदेशीबाट पालित–पोषित राजनीतिक दल र नेताहरू सरकारमा रहेकाले देशको स्थिति खस्कँदै गएको बताउनुुभएको छ ।
काठमाडौंको बसन्तपुर डबलीमा नेमकिपा चौंथो काठमाडौं जिल्ला सम्मेलन उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले देशको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिकलगायत विकृति र विसङ्गतिको दोषी सत्तामा पुगेका र रहेका शासक दलहरू हुन् भन्नुभयो ।
शासक दलका नेताहरूबीच सरकारको नेतृत्वको छिनाझपटीका कारण राजनीतिक र संवैधानिक सङ्कट हल हुन नसक्ने बताउँदै उहाँले राष्ट्रपति शासनमार्फत् तटस्थ निर्वाचन सरकार गठन र नयाँ संसदको निर्वाचन उचित विकल्प भएकोमा जोड दिनुभयो ।
देश सङ्कटमा परेको बेला सरकार आफै विवादमा परेको र देशद्रोही बनेको अवस्थामा राष्ट्रपति निस्क्रिय रहनु सही होइन भन्दै अध्यक्ष बिजुक्छेंले देश अप्ठ्यारोमा परेको स्थितिमा राष्ट्रपतिले सङ्कटकाल लागू गरी शासन हातमा लिनुपर्छ भन्नुभयो ।

देशको अन्तरिम संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षक, राष्ट्रको अभिभावक र नेपाली सेनाको परमाधिपति घोषित गरेको अवस्थामा सङ्कटकालमा राष्ट्रपतिको सक्रियतालाई संविधानले छेकेको छैन भन्नुभयो ।
‘राष्ट्रपति खोपाका देउता होइनन्, देश जलिरहेको बेला दमकलको भूमिका निर्वाह गर्नुपर्छ ।’– उहाँको भनाइ थियो ।
देश र जनताको निःस्वार्थ सेवा नै राजनीति भएको बताउँदै अध्यक्ष बिजुक्छेंले नेमकिपाले यही मान्यतालाई अगाडि बढाउँदै आएको बताउनुभयो ।
सैद्धान्तिक र वैचारिक संघर्षलाई जोड दिनुपर्ने औंल्याउँदै उहाँले भन्नुभयो –‘कठिन स्थितिमा सिद्धान्त छोड्ने होइन बरु व्यवहारमा लागू गर्ने हो ।’
उहाँले पार्टीले देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिंदै भन्नुभयो – ‘पार्टीको निम्ति पार्टी होइन, देश र जनताको सेवाको निम्ति पार्टी हुनुपर्छ ।’
नेमकिपालाई जनताले प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्ने आदेश दिएको र नेमकिपा पूँजीवादी सरकारमा नजाने स्पाष्ट पार्दै अध्यक्ष बिजुक्छेंले पूँजीवादी व्यवस्था उखेल्न नसकिएसम्म साँचो अर्थमा जनताको सरकार आउँदैन भन्नुभयो ।
नेपालका एमाओवादी नेतृत्व भारतबाट तयार पारेको खुलस्त भएको बताउँदै उहाँले माओवादी पार्टी भारतीय शासक वर्गको प्रतिनिधि भएको बताउनुभयो । माओ त्सेतुङ विचारधारा मार्गनिर्देशक विचारमात्र भएको बताउँदै माओवादका नाममा अराजकतावादी क्रियाकलाप गरी कम्युनिष्टहरूको बद्नाम गरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं विदेश विभाग प्रमुख प्रेम सुवालले प्रधानमन्त्रीकै वरिपरिका भ्रष्ट व्यक्तिहरूले देश डुबाइरहेको बताउनुभयो। स्थानीय निकायमा भ्रष्टाचार बढ्नुमा ठूला राजनीतिक दल नै दोषी रहेको बताउँदै उहाँले राजनीतिक दलको भ्रष्ट चरित्रले अख्तियारले राजनीति संयन्त्र भङ्ग गर्ने अवस्था आउँदा राजनीतिक दलको बद्नाम भएको उल्लेख गर्नुभयो ।
उहाँले असंवैधानिक र अप्रजातान्त्रिक ढङ्गले संविधानसभाको विघटन गराउने वर्तमान भट्टराई सरकारले राष्ट्रलाई भड्खालोमा जाक्ने कार्य गरिरहेको प्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
प्रम भट्टराईले राजनीतिक दल कमजोर भए राजतन्त्र फर्किन सक्छ भनेर प्रचार गर्नु राजतन्त्रलाई बलियो बनाउने खेल भएको बताउँदै सुवालले भन्नुभयो –‘नेपाली जनता ०१७ साल जस्ता छैनन् । जनताको चेतनास्तर धेरै माथि उठिसकेको छ ।’
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले मुलुक संवैधानिक र राजनैतिक सङ्कटको भूमरीमा फस्दै गएको बताउँदै भ्रष्टाचार, महँगी, असुरक्षा, लोडसेडिङ्गले नेपालीको जीवनमा झन्झन् कष्टकर बढ्दै गएको बताउनुभयो । नेमकिपाका केन्द्रीय सदस्य लीला न्याइच्याईंले देशमा समस्यै समस्या हुँदा पनि अहिलेसम्मको कुनै पनि सरकारले जनताको निम्ति कार्य नगरेको उल्लेख गर्नुभयो ।
नेमकिपा भक्तपुरका अध्यक्ष रमेश थापाश्रेष्ठले काम गरी खाने जनताको साँचो अर्थमा मुक्ति वैज्ञानिक समाजवादले मात्र गर्न सक्ने बताउनुभयो । नेमकिपा काभ्रे जिल्ला अध्यक्ष कृष्णकुमार वैद्यले पूँजीवादी सरकारहरूको महँगी, भ्रष्टाचार, नातावाद, क्रिपावाद, शोषण तथा जनविरोधी निर्णय जनतामाझ उदाङ्ग्याउने कार्य गर्दै नेमकिपाले आफ्नो कर्तव्य निभाइरहेको बताउनुभयो ।
नेक्रायुसंघका केन्द्रीय सहसचिव शंकर भण्डारीले ‘भारतीय एसएसबीको ज्यादती र गुण्डाराज रोकिएको छैन । सीमास्तम्भहरू रातारात गायव पारिँदै छ, सीमा क्षेत्रमा हत्या हिंसा, लुटपाट, डकैती र बलात्कारका घटनाहरू दिनहुँजस्तो भइरहेको छ भन्नुभयो ।’
नेक्राविसंघका सहसचिव सरोज साहले विश्वविद्यालयहरूमा दलीय एवं राजनैतिक भागबण्डाले सर्वसाधारण विद्यार्थीहरूको भविष्यमाथि खेलवाड भइरहेको चचा गर्नुभयो ।
नेमकिपा काठमाडौं जिल्ला समितिका संयोजक नारायण महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं जिल्ला समितिका सदस्य चन्द्रलाल श्रेष्ठ, वीरबहादुर डंगोल र राजवीर डंगोलले बोल्नुभएको थियो ।
सम्मेलनको उद्घाटन सत्रमा आस्था सांस्कृतिक परिवारले गीत, नृत्य प्रस्तुत गरेको थियो ।

महर्जन अध्यक्ष
नेमकिपा काठमाडौंको चौथो जिल्ला सम्मेलन नारायण महर्जनको अध्क्षतामा २१ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गर्दै आइतबार सम्पन्न भयो ।
बन्दसत्रमा पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले कार्यकर्ताहरूले सैद्धान्तिक अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले योग्य कार्यकर्ता तयार गर्न विभिन्न स्वदेशी एवं विदेशी भाषा सिक्नुपर्ने र विदेशी भाषाका माकर्सवादी साहित्य स्वदेशी भाषामा अनुवाद गर्नुपर्ने बताउनुभयो ।
पद र नामको निम्ति नभई जनताको सेवा गर्ने उद्देश्यले राजनीति गर्नुपर्छ भन्दै अध्यक्ष बिजुक्छेंले योग्य व्यक्तिलाई नै पदमा पुर्याउनुपर्ने बताउनुभयो ।
देशको जटिल राजनीतिबारे प्रस्ट पार्दै अध्यक्ष बिजुक्छेंले एमाओवादीको नेतृत्वमा सरकार बाँदरको हातमा नरिवलझैं भइरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव एवं बन्दसत्र अध्यक्षमण्डलका अध्यक्ष सुनिल प्रजापतिले पूँजीवादी र संशोधनवादी प्रवृित्तविरूद्ध संघर्ष गर्दै जानुपर्ने बताउँदै को मित्र र को शत्रु हो भनी स्पष्ट हुनुपर्ने बताउनुभयो ।
उहाँले पार्टी कार्यकर्ताहरू अनुशासित र लगनशील भएमा पार्टीको निरन्तर विकास हुने स्पष्ट पार्दै विरोधीहरूका गतिविधिमाथि निरन्तर निगरानी राख्नु जरूरी छ भन्नुभयो ।
बन्द सत्रमा सम्मेलन तयारी समितिका संयोजक नारायण महर्जनद्वारा प्रस्तुत प्रतिवेदन छलफल गरी पारित गरिएको थियो ।
नवनिर्वाचित समितिलाई केन्द्रीय सचिव प्रजापति, पार्टीका केन्द्रीय सदस्य सनकमान महर्जन र पार्टीका केन्द्रीय सल्लाहकार प्रशान्त महर्जनले बधाई ज्ञापन मन्तव्य राख्नुभएको थियो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete