असहमतिको राजनीतिः देश अन्धकारमा
चौंथौं पटक पाँच दिन समय थप – राष्ट्रपति
वर्ष ९, अंक ३५ (२०६९ मंसीर २९ गते प्रकाशित)
राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार गठनको लागि फेरि पाँच दिनको समयसीमा थप गरेको छ । चार राजनैतिक दलको अनुरोधमा राष्ट्रपति यादवले बिहीबार अन्तरिम संविधानको धारा (३८) १ अनुसार सहमतीय सरकार निर्माण गर्न पौष २ गतेसम्म समय दिएको हो ।
राष्ट्रपतिको यो बाध्यतात्मक प्रक्रिया र दलहरुको असहमतिको राजनीतिले देश अन्धारमा धकेलिँदै छ । राष्ट्रपतिको संवैधानिक संस्था चार दलको आग्रह र भेटलाई मात्र प्राथमिकता दिने होइन निर्वाचन आयोगमा दर्ता भएका सबैदल या त कमसेकम संविधानसभामा प्रतिनिधित्व गरेका दलहरुबीच सामुहिक छलफलबाट निकास निकाल्न प्रयास गर्नुपर्दछ ।
सहमति गर्न असफल चार राजनैतिक दल देश र जनताको पक्षमा नरहेको, राजनैतिक निकास दिन नचाहेको व्यवहारले देखाइसकेको छ । अनि फेरि त्यही दलको पछि लाग्नु राष्ट्रपतिले गहिरिएर सोच्नुपर्ने भएको छ ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें र राष्ट्रपति यादवबीच २६ गते भेट र सम्वादलाई राष्ट्रपतिको ध्यान जानु जरुरी देख्दछु ।
दलगत स्वार्थभन्दा बाहिर रही देश र जनताको हितमा राजनैतिक निकास निकाल्न ढिला भैसकेको छ । बिजुक्छेंको सल्लाह र राय अनुसार स्वतन्त्र र तटस्थ व्यक्तिको सरकार बनाई संसदीय निर्वाचन गराउनु अहिलेको संकट निवारण्को उत्तम उपाय हुन सक्दछ ।
राष्ट्रपतिले वर्तमा काम चलाउ सरकारलाई वर्खास्ट गरी शासन सत्ता आफ्नो हातमा लिन नसकेमा चौंथो पटक होइन दशौं पटक समय थप गरेपनि निकास निस्कने अवस्था देखिँदैन ।
चार राजनैतिक दलको असफल राजनीतिले सत्ता बिना बाँच्न नसक्ने र आ–आफ्नै डम्फु बजाउने विरुद्ध देश र जनताले अहिले नै पाठ सिकाउनु पर्दछ ।
असहमति र असफल राजनीतिबाट देश अन्धकार हुनबाट बचाउन बुद्धिजीवि, नागरिक समाज र आम नेपाली जनताले देश र जनताको हितमा आवाज उठाउनु जरुरी भैसक्यो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete