हस्तलिखित राहदानी विस्थापनको तयारी सुरु
वर्ष ९, अंक ३७ (२०६९ पुस १३ गते शुक्रबार प्रकाशित)
काठमाडौं । राहदानी विभागले हस्तलिखित राहदानीलाई पूर्ण रूपमा विस्थापन गर्ने तयारी सुरु गरेको छ । अबको तीन वर्षमा २५ लाख हस्तलिखित राहदानी एकै पटक काम नलाग्ने हुने भएकाले राहदानी वितरणमा भविष्यमा आउने संकट न्यूनीकरण गर्न विभाग लागेको हो । हस्तलिखित राहदानी विस्थापन गर्ने प्रस्ताव परराष्ट्र मन्त्रालयमा विभागले बुझाइसकेको छ । राहदानी विभागका निमित्त महानिर्देशक यादव खनालले भने, ‘आवश्यक सफ्टवेयर तथा पूर्वाधार निर्माण गर्न ९१ करोड रुपैयाँ बजेट मागेको छ ।
राहदानी विभागको तथ्याङ्क अनुसार २०१५ नोभेम्बर २४ सम्म र त्योभन्दा माथि म्याद भएका २५ लाख हस्तलिखित राहदानी अहिले प्रयोगमा छन् । २०१५ नोभेम्बर २४ पछि हस्तलिखित राहदानी प्रयोग गर्न पाइने छैन । विभागले एकै दिन काम नलाग्ने राहदानीहरु एकै पटक एमआरपी बनाउन आएमा विभागलाई गा¥हो हुने भएकोले पछि अप्ठेरो स्थिति सामना गर्न नपरोस् भनेर अहिल्यैदेखि अभियानका रूपमा जाने योजना बनाएको यादवले जानकारी दिनुभयो । विभागले एमआरपी वितरणलाई मात्र होइन त्यसपछि आउने ‘इ–पासपोर्ट’ लाई समेत लक्ष्य गरेर स्थायी प्रणाली विकास गर्ने योजना बनाएका छ ।’काठमाडौं । राहदानी विभागले हस्तलिखित राहदानीलाई पूर्ण रूपमा विस्थापन गर्ने तयारी सुरु गरेको छ । अबको तीन वर्षमा २५ लाख हस्तलिखित राहदानी एकै पटक काम नलाग्ने हुने भएकाले राहदानी वितरणमा भविष्यमा आउने संकट न्यूनीकरण गर्न विभाग लागेको हो । हस्तलिखित राहदानी विस्थापन गर्ने प्रस्ताव परराष्ट्र मन्त्रालयमा विभागले बुझाइसकेको छ । राहदानी विभागका निमित्त महानिर्देशक यादव खनालले भने, ‘आवश्यक सफ्टवेयर तथा पूर्वाधार निर्माण गर्न ९१ करोड रुपैयाँ बजेट मागेको छ ।
विभागका प्रमुख यादवका अनुसार नयाँ योजना अनुसार पहिलो चरणमा देशभर २१ वटासम्म ‘इनरोलमेन्ट सेन्टर’ स्थापना गरिनेछ । यस्ता सेन्टरमा सरकारी कर्मचारी खटिनेछन्, जहाँ फोटो खिच्नेदेखि मौखिक रूपमा सम्बन्धित व्यक्तिसँगै कुराकानी गरी अनलाइन फाराम भरिनेछ । अहिलेजस्तो जिल्लाबाट १५/१५ दिनमा फाराम बोकेर ल्याउन पर्दैन । सेन्टरमा गई राहदानीका लागि फाराम भर्ने बित्तिकै त्यो विभागमा आइपुग्नेछ ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete