Sunday, December 16, 2012

च्याउखेती तथा प्रशोधनमा सहकारीको सहयोग

च्याउखेती तथा प्रशोधनमा सहकारीको सहयोग

वर्ष ९, अंक ३५ (२०६९ मंसीर २९ गते प्रकाशित)
— सुलोचना थापा (प्रशिक्षार्थी) 
  बलम्बु च्याउ सहकारी संस्था लिमिटेडले च्याउ खेतीमा लाग्न चाहने किसानलाई अभिप्रेरित गर्ने भएको छ । यो संस्था वि. सं. २०६५ मा स्थापना गरिएको सो संस्थाले हालसम्म रु. ५ करोड ६० लाख आम्दानी गरेको छ भने चालू आर्थिक बर्षको अन्त्यसम्म सो रकमलाई रु. ७ करोड पुर्याउने लक्ष्य राखेको छ ।
    सो रकम बढाउनको लागि संस्थाको चौथो साधारण सभाले च्याउखेतीलाई प्रवद्र्धन गर्न लगानी कार्यक्रमलाई पारित गरेको संस्थाले जानकारी दिनुभयो ।
    कुल १८७९ सदस्य रहेको सो संस्थाले हालसम्म ४ करोड ५० लाख लगानी गरेको छ । संस्थाले कन्ये च्याउखेतीलाई अगाडि बढाउन आफ्ना सदस्हरुलाई लगानी गर्न प्रोत्साहित गर्ने कार्यक्रम अगाडि सारेको हो । कन्ये तथा गोब्रे च्याउ खेती तथा अन्य नयाँ प्रजातिका च्याउ खेतीका लागि स्तरीय बीउ उत्पादन र अनुसन्धान गर्ने च्याउबाट विभिन्न अचार, चिप्स, सुप तथा  विभिन्न खाद्य सामग्री बनाउने काममा सहयोग गर्ने लघुवित्तीय अवधारणा अनुसार महिलालाई बचत तथा ऋणमा अभिप्रेरित गर्ने कार्यक्रम ल्याउन लागेको संस्थाले जानकारी दिएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete