कीर्तिपुरमा चिनियाँ राजदूत
*चीनको प्रगति उच्च *नेपाल जहाँको तहीँ
वर्ष ९, अंक ३७ (२०६९ पुस १३ गते शुक्रबार प्रकाशित)
मंगल उच्च मावि र नेपाल चीन मैत्री केन्द्र कीर्तिपुरको संयुक्त आयोजनामा नेपाल चीनको दौत्य सम्बन्धको ५७ औं वार्षिक उत्सव तथा मंगल माविको स्वर्ण जयन्तीको उपलक्ष्यमा आयोजित वक्तृत्व कला प्रतियोगितामा विजयी हुन सफल छात्रहरुलाई नेपालका लागि जनगणतन्त्र चीनका राजदूत याङ्ग होलङ्गले शनिवार एक कार्यक्रमबीच पुरस्कार वितरण गर्नुभयो ।
पुरस्कृत हुनेहरुमा एपीएफका छात्र सरोज बुढाथोकी प्रथम, ग्रीन भिलेज स्कुलका छात्रा उषा गौतम द्वितीय, पाँगा माविका छात्र उज्ज्वल प्रकाश खनाल तृतीय र पुष्पसदनका छात्र सुवास खनाललाई सान्त्वना पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा राजदूत याङ्ग होलाङ्गले नेपाल चीनको दौत्य सम्बन्धको वार्षिक उत्सवको उपलक्ष्यमा कार्यक्रम आयोजना गरेकोमा सराहना व्यक्त गर्दै धन्यवाद दिनुभयो । वहाँले चीन नेपाल र नेपाली जनताको हितमा सधैं सहयोग गर्नै तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल चीन अध्ययन केन्द्र कीर्तिपुरका अध्यक्ष डा. चन्द्रमान बज्राचार्यले भृकुटी र अरनीको सम्बन्धबारे स्मरण गर्नुभयो । चीन जनगणतन्त्रको स्थापना र नेपालको ७ सालको स्वतन्त्र एउटै वर्षमा भएपनि चीन स्वतन्त्रपछि अहिले विश्वमै शक्तिशालीको रुपमा उदय भैसक्यो भने नेपाल जहाँको तहिँ रहेको बताउनुभयो । अहिले पनि नेपालमा स्थिर सरकार गठन गर्न नसकी राजनैतिक अन्यौल कायमै रहेको छ भन्नुभयो ।
कार्यक्रममा एमाओवादी नेता सुरेश आले मगरले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हने वक्तृत्वकला प्रतियोगिता गरेकोमा सराहना व्यक्त गर्दै निरन्तरताको कामना गर्नुभयो । चीन नेपालको विकासमा हरेक क्षेत्रमा इमानदार सहयोग रहेको बताउँदै छिमेकी राष्ट्रको कर्तव्य पुरा गरेको छ भने अर्को छिमेकी राष्ट्र भारत सरकार हस्तक्षेपकारी र विस्तारवादी व्यवहारबाट खतरा छ भन्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति प्रा.डा. शिवशरण महर्जनले नेपाल चीन १९५५ देखि सम्बन्ध रहेको बताउनु भयो ।
कार्यक्रममा विद्यार्थीहरुद्वार राष्ट्रिय गान, शिक्षकहरुबाट स्वागत गीत र सुमित्रा महर्जन र जेविस महर्जनद्वारा प्रमुख अतिथिहरुलाई टीका लगाई स्वागत गर्नुभएको थियो ।
विद्यालयका प्रचार्य प्रदीप महर्जनले प्रमुख अतिथि लगायत सम्पूर्ण सहभागीलाई बधाई दिनुभयो । कार्यक्रम शुरु हुनुअघि प्रमुख अतिथि चिनिया राजदूतलाई कीर्तिपुर प्रवेशद्वार देखि कार्यक्रम स्थलसम्म हाकुपटासीले सजिएका महिलाहरुद्वारा परम्परागत धुन र धिमे वाजाः बजाई स्वागत गरिएको थियो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete