Sunday, December 16, 2012

नगाउँमा सम्पदा क्षेत्र सरसफाई कार्यक्रम तथा फोटो प्रदर्शनी हुने

नगाउँमा सम्पदा क्षेत्र सरसफाई कार्यक्रम तथा फोटो प्रदर्शनी हुने

वर्ष ९, अंक ३५ (२०६९ मंसीर २९ गते प्रकाशित)
    लायन्स क्लब अफ काठमाडौं कीर्तिपुर र लियो क्लब अफ काठमाडौं कीर्तिपुरको संयुक्त संयोजकत्वमा, कीर्तिपुर नगरपालिका र विभिन्न संघ संस्थाहरु तथा स्थानीय जनताहरुको सहयोगमा मिति २०६९ श्रावण महिना देखि हरेक महिना की.न.पा. र मच्छेगाउँमा गरी जम्मा १२ वटा सम्पदा क्षेत्रमा “सम्पदा क्षेत्र सरसफाई अभियान” संचालन भै रहेको छ ।
    सम्पदा क्षेत्र सरसफाई कार्यक्रममा सम्पदा क्षेत्र तथा सम्पदा मार्गको सरसफाई र सम्पदा संरक्षणको लागि जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिँदं आएको छ । “सम्पदा क्षेत्र सरसफाई अभियान” अन्तर्गत बाघभैरव स्थान, मच्छेनारायण मन्दिर क्षेत्र, उमामहेश्वर मन्दिर क्षेत्र, इन्द्रायणी क्षेत्र (पिगं), आदिनाथ मन्दिर क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भैसकेको छ । न्हय् गाँ जात्रा – सात गाउँको जात्राको उपलक्ष्यमा यहि २०६९ मंसिर ३० गते विहान ७:३० बजे देखि विहान ९ बजे सम्म नगाउँको बालकुमारी मन्दिर क्षेत्र, पिगं लगायत नगाउँव्यापी सरसफाई कार्यक्रम संचालन हुने भएको छ । सरसफाईपछि नगाउँको लाछीमा विहान १० बजे देखि दिउँसो २ बजेसम्म कीर्तिपुर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटन महत्वका क्षेत्रहरुको फोटो प्रदर्शनी (न्यहगाः जात्रा – सात गाउँको जात्राको फोटो सहित) तथा गथु प्याँख सम्बन्धी फ्लेक्स फोटोहरु प्रदर्शन गरिनेछ । साथै विहान १०:३० बजे नगाउँको “धाल्चा खाकेगु जात्रा” को भिडियो प्रदर्शन गरिनेछ । सरसफाई कार्यक्रम तथा फोटो प्रदर्शनीको तयारीको लागि बालकुमारी बचत तथा ऋण संस्थाका उपाध्यक्ष सादुराम महर्जनको संयोजकत्वमा आमा समूह तथा संघसंस्थाका प्रतिनिधिहरु समेतको ८ सदस्यीय तयारी समिति गठन गरिएको छ । न्हयगाः जात्रा (सात गाउँ जात्रा)को उपलक्ष्यमा आ–आफ्नो क्षेत्रको सम्पदा क्षेत्र तथा टोल सफा राख्नको लागि लायन्स क्लब अफ काठमाडौं कीर्तिपुरका अध्यक्ष रबिन्द्र बहादुर प्रधानले अनुरोध गर्नुभयो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete