कीर्तिपुरमा दादुरा रुबेला खोप अभियान २०६८–६९
— रविन्द्र बहादुर प्रधान
वर्ष ९, अंक ३७ (२०६९ पुस १३ गते शुक्रबार प्रकाशित)
दादुरा ज्यादै छिटो सर्ने संक्रामक रोग हो । यो रोग भाइरसबाट सर्ने रोग हो । दादुरा कुनै पनि उमेरका मानिसलाई लाग्न सक्छ र यसले छिट्टै महामारीको रुप लिन सक्छ । पाँच वर्ष मुनिका बालबालिकामा यो रोग धेरै पाइएको छ । यो रोग पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु गराउने प्रमुख कारण हो । दादुरा रोग लागे पछि निमोनिया, झाडापखाला, मेनिन्जाइटिस्, कुपोषण जस्ता जटिलताको कारणले विरामीको मृत्यु हुन सक्छ । दादुराको खोप लगाएमा दादुरा रोग लाग्नबाट बच्न सकिन्छ । संसारभरी नै दादुरा खोपको व्यापक प्रयोग गरिदै आएको हुँदा दादुराको कारणले हुने बाल मृत्यु दरमा उल्लेखनीय कमी आएको छ ।
रुबेला रोग दादुरा जस्तै देखिने संक्रामक रोग हो । यो रोग बालबालिका र वयस्कहरुमा देखिन्छ । रुबेला सामान्य प्रकारको रोग हो र प्रायः गरी आफै ठिक हुन्छ । तर गर्भावस्थाको पहिलो त्रैमासिकमा रुबेला लागेमा ती महिलालाई जन्मिने शिशुको कान, आँखा, मुटु र मष्तिष्कमा आघात परी जन्मजात विकृतिहरु देखिन सक्छ जसलाई कन्जेनिटल रुबेला सिन्ड्रम (Congential Rubella Syndrome-CRS) भनिन्छ ।

लक्ष, उद्देश्य तथा अभियान संचालन कार्य नीति
दादुरा रुबेला खोप अभियानको लक्ष्य लक्षित उमेर समूहका बालबालिकालाई दादुरा रुबेला खोप प्रदान गरी दादुरा र रुबेला रोगहरुबाट हुने विरामी दर र मृत्यु दर घटाउनु नै यो खोप अभियानको लक्ष्य हो ।
यस अभियानको उद्देश्य देशभरीका ९ महिना देखि १५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई दादुरा रुबेला खोप प्रदान गर्नु हो । यस अभियानको लक्षित समूह भनेको ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरु हुन् । यस दादुरा रुबेला खोप अभियानको अवसरमा सोही खोप केन्द्रबाट पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा पनि खुवाउने नीति रहेको छ ।
यो अभियान तीन चरणमा गरेर देशका सबै जिल्लाहरुमा संचालन भइरहेको छ । प्रथम चरण अन्तर्गत सूदुर पश्चिमान्चल क्षेत्रका ९ जिल्लाहरु र मध्य पश्चिमान्चल क्षेत्रका बाँके, बर्दिया, दांग, सुर्खेत, प्युठान र रोल्पा गरी जम्मा १५ जिल्लाहरुमा रहेको छ । दोश्रो चरण अन्तर्गत मध्य–पश्चिमान्चल क्षेत्रका बाँकी ९ जिल्लाहरु र पश्चिमान्चल क्षेत्रका सबै १६ जिल्लाहरुमा पर्दछन् । तेश्रो चरण अन्तर्गत मध्यमान्चल क्षेत्रका सबै १९ जिल्लाहरु र पूर्वान्चल क्षेत्रका सबै १६ जिल्लाहरु पर्दछन् । प्रथम, दोश्रो र खोप कार्यक्रम सम्पन्न भै सकेको छ भने तेश्रो चरण अन्तर्गत मध्यमान्चल र पूर्वान्चल क्षेत्रमा २०६९ मंसिर २९ गते संचालन भै रहेको छ ।

कीर्तिपुर नगरापालिकामा अभियानको बारेमा भै रहेको केही जानकारी तथा गतिविधिहरु
कीर्तिपुर नगरपालिकाको वडा नं १ देखि १९ सम्म २०६९ पौष १० गते देखि पौष १८ गते सम्म दादुरा रुबेला अभियान अन्तर्गत खोप दिने कार्यक्रम रहेको छ । कीर्तिपुर नगरपालिकामा जम्मा ६० वटा खोप केन्द्रहरु तोकिएका छन् । खोप केन्द्रहरु विद्यालय, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, पोलि क्लिनिक, प्रहरी चौकी तथा सार्वजनिक भवनहरुमा तोकिएका छन् । कीर्तिपुर नगरपालिकामा २४००० बालबालिकालाई दादुरा रुबेला खोप दिने लक्ष्य राखिएको छ ।
यस खोप अभियानको प्रचार प्रसारको लागि कीर्तिपुर नगरपालिकाले माइकिंगकोे व्यवस्था गरेको छ । लायन्स क्लब अफ काठमाडौं कीर्तिपुर र लियो क्लब अफ काठमाडौं कीर्तिपुरको आयोजनामा पौष ६ गते पांगामा र पौष ७ गते कीर्तिपुरम दादुरा रुबेला खोप अभियानको सचेतना ¥यालीको आयोजना गरियो । उक्त ¥यालीमा महिला स्वास्थ्य स्वयंसेवकाहरु, लायन्स क्लब तथा लियो क्लबका सदस्यहरु सहभागी भएका थिए । पौष ६ गते पांगाको विष्णु देवी तथा बाल कुमारीको जात्राको अवसरमा जात्रा गर्ने मार्ग परिक्रमा गरिएको थियो । त्यस्तै गरि कीर्तिपुरको इन्द्रायणी जात्राको अवसर पारि ¥याली लायकुबाट शुरु भई देवढोका, समल, लायकु, बाघभैरवस्थान, तःननी, ल्वह देगः भई पुनः लायकुमा आई ¥यालीको समापन गरिएको थियो । उक्त ¥यालीमा लायन्स क्लब अफ काठमाडौं कीर्तिपुर, लियो क्लब अफ काठमाडौं कीर्तिपुर, पांगा तथा कीर्तिपुरका महिला स्वास्थ्य स्वंयसेविकाहरु, कीर्तिपुर प्रहरीका जवानहरु, स्थानिय जनताहरु, गोगंबु लायन्स क्लबका सदस्यहरु, जनस्वास्थ्य विकास केन्द्रका पदाधिकारीहरुको उपस्थित रहको थियो । उक्त ¥याली कार्यक्रममा इटाछें, ह्वाकोचा दाफा खलःले परम्परागत खिं बाजा र बाँसुरी बाजा बजाई ¥यालीलाई सहयोग गर्नु भएको थियो । समापन कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं कीर्तिपुरका अध्यक्ष रबिन्द्र बहादुर प्रधानले दाफा खलः लाई परम्परागत रुपमा चलिआएको चलन अनुसारको दक्षिणा (केपु) दिई सम्मान गर्नु भएको थियो ।
त्यस्तै मंसिर ३० गते लायन्स क्लब कीर्तिपुर र लियो क्लब अफ कीर्तिपुरको आयोजनामा नगाउँमा भएको फोटो प्रदर्शनीमा खोप अभियानको प्रचार प्रसार सामाग्री वितरण गरिएको थियो । लायन्स क्लब कीर्तिपुरले लायन्स क्लब इन्टरनेशनल डिष्टिक्ट ३२५ बाट प्राप्त व्यानरहरु नगरका विभिन्न क्षेत्रमा प्रचार प्रसारका लागि राख्ने काम गरेको छ । सथै कीर्तिपुर लायन्स क्लब र लियो क्लब कीर्तिपुरको आफ्नै पहलमा कीर्तिपुरमा चल्ने १५ वटा सार्वजनिक गाडीहरुमा सार्वजनिक हितको लागि दादुरा रुबेला अभियानको फ्ल्केस व्यानरहरु राखेका छन् ।
कीर्तिपुर नगरपालिकामा रहेका ११३ जन महिला स्वास्थ्य स्वयंसेविकाहरुले आ–आफ्नो क्षेत्रमा रहेका विद्यालयका विद्यार्थीहरु, अभिभावक तथा सर्वसाधारणलाई यस अभियान र खोपको महत्वबारेमा जानकारी दिने काम गरेका छन् । साथै महिला स्वास्थ्य स्वयंसेवकहरुले आ–आफ्नो क्षेत्रका अभिभावकहरुलाई खोप केन्द्रमा बालबालिकाहरुलाई ल्याउनको लािग निमन्त्रणा पत्र बाँडने काम पनि गरेका छन् । कीर्तिपुर क्षेत्रको अधिकांस विद्यालयमा खोप केन्द्रको व्यवस्था गरेको छ । यस अभियानको लागि कीर्तिपुर क्षेत्रका विद्यालयहरुले महत्वपूर्ण भूमिका निभाएको देखिन्छ । दादुरु रुबेला खोपको महत्वको बारेमा विद्यार्थीहरुलाई खोप लगाउन अभिप्रेरित गर्ने तथा अभिभावहकरुलाई जानकारी गराउने, आवश्यक फर्निचर, पानीको व्यवस्था, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई आवश्यक रेखदेखको जिम्मेवारी दिइ अभियानलाई सहयोग गर्ने काम विद्यालयहरुले गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखाले कीर्तिपुरमा खोप कार्यक्रम शुरु भएको दिन पौष १० गते सचेतना ¥यालीको आयोजना ग¥यो । बाघ भैरवस्थानबाट शुरु भएको र्याली म्वान टोल, तुँ झो, नयाँ बजार भई नगाउँ दोबाटो स्थित कीर्ति स्कूलमा आई टुंगिएको थियो । र्यालीमा साथै नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखाले पौष १० गते देखि पौष १८ गते सम्म खोप अभियानको बारेमा कीर्तिपुरको विभिन्न क्षेत्रमा माइकिंग गर्ने जानकारी गरेको छ । साथै ने.रे.सो. कीर्तिपुर उपशाखाले विभिन्न दिनको लागि खोप केन्द्रहरुमा ४० जना स्वयंसेवकहरुको व्यवस्था गरेको छ । साथै ने.रे.सो. कीर्तिपुर उपशाखाले नगरका विभिन्न क्षेत्रमा व्यानरहरु राख्ने काम गरेको छ । स्थानिय पत्रिपत्रिकाहरुले यस अभियानको बारेमा समाचार तथा अन्य जानकारीहरु प्रकाशित गरी सहयोग गर्ने काम गरेका छन् ।
यस अभियानमा आवश्यक हुने स्वास्थ्यकर्मीहरु, आवश्यक सामाग्रीहरु तथा दादुरा रुबेला तथा पोलियो खोप कीर्तिपुर नगरपालिका अन्तर्गत रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उप स्वास्थ्य चौकीहरुले व्यवस्थापन गरेका छन् भने सम्बन्धित संस्थामा कार्यरत अ.हे.व. र अ.न.मी. हरुलाई मुख्य खोप कार्यकर्ताको रुपमा परिचालन गरिएको छ भने सम्बन्धित स्वास्थ्य संस्थाका प्रमुखहरु, लायन्स क्लब कीर्तिपुर तथा ने.रे.सो. कीर्तिपुर उपशाखाका पदाधिकारी तथा सदस्यहरु सुपरिवेक्षकको रुपमा खटिरहेका छन् ।
दादुरा रुबेला खोपल अभियान २०६८–६९ खोप अभियानको मुख्य दातृ निकायहरु लायन्स क्लब अन्तर्राष्ट्रिय, रोटरी क्लब अन्तर्राष्ट्रिय, युनिसेफ र विश्व स्वास्थ्य संगठन रहेका छन् । यस अभियानको लागि लायन्स क्लब अन्तर्राष्ट्रियले नेपाल सरकारलाई २४ लाख डलर सहयोग गरेका छन् ।
अन्तमा, दादुरा खोप अभियान कार्यक्रमममा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरु कोहि पनि नछुटुन । खोप लगाउन छुट भएका बालबालिकाको पहिचान गरी तिनीहरुलाई खोप दिन नजिकको केन्द्रमा लगेर वा लैजान प्रेरित गर्नु हामी सबैको दायित्व हो । दादुरा रुबेला खोप अभियान २०६८–६९ सफल पारौं ।
(सन्दर्भ सामाग्री श्रोतः जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौं, विष्णु देवी प्राथमिक स्वास्थ्य केन्द्र, कीर्तिपुर)
(प्रस्तुतकर्ताः रबिन्द्र बहादुर प्रधान लायन्स क्लब अफ काठमाडौं कीर्तिपुरका अध्यक्ष तथा कीर्तिपुर नगरपालिकाको लागि लायन्स क्लब अन्तर्राष्टिय डिष्ट्रिक्ट ३२५ ए२ को तर्फबाट दादुरा रुबेला अभियानको फोकल पर्सन हुनुहुन्छ)

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete