Friday, January 25, 2013

सन् २०१७ भित्र नेपालबाट घरभित्रको धुवाँमुक्त गर्ने घोषणा

वर्ष ९, अंक ४१ (२०६९ माघ १२ गते शुक्रबार प्रकाशित)

सन् २०१७ भित्र नेपालबाट

घरभित्रको धुवाँमुक्त गर्ने घोषणा

    काठमाडौं । नेपाल सरकारले सन् २०१७ सम्ममा मुलुकका सबै घरमा स्वच्छ ऊर्जा प्रविधि पु¥याई ‘घरभित्रको धुवाँमुक्त’ गर्ने औपचारिक घोषणा गरेको छ ।
    प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवीकरणीय ऊर्जा सप्ताहको उद्घाटन समारोहमा सो घोषणा गर्नुभएको हो । ‘आऔं, नवीकरणीय ऊर्जातिर लागौं’ भन्ने ऊर्जा सप्ताहको नारा रहेको छ । घोषणाअनुसार आगामी पाँच वर्षभित्र देशका सबै घरमा खाना पकाउन सुधारिएको चुल्होलगायत अन्य स्वच्छ ऊर्जा पु¥याउनुपर्ने हुन जान्छ ।
    प्रधानमन्त्री डा. भट्टराईले सौर्य बत्ती र बायोग्यास बालेर सो सप्ताहको उद्घाटन गर्दै आफ्नो देशमा खपतमात्र होइन, सार्क क्षेत्रमा विद्युत निर्यात गर्न पुग्ने हाम्रो अथाह जलस्रोत रहेतापनि समयमै त्यसको सदुपयोग गर्न नसक्दा अहिले विद्युतको संकट भोग्नु सुखद् पक्ष नभएको बताउनुभयो ।
    सरकार र विदेशी दातृ समुदायले नवीकरणीय ऊर्जाको प्रवद्र्धनका लागि सहयोग पु¥याउँदै आएकाले यसका माध्यमबाट बढीभन्दा बढी जनतालाई स्वच्छ ऊर्जामार्फत सेवा पु¥याउन आवश्यक रहेको बताउँदै प्रधानमन्त्रीले ऊर्जा संकट रहेको अवस्थामा यससम्बन्धी प्रयोग सूचना र सचेतना बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
    सो अवसरमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्री डा. केशवमान शाक्यले मुलुकले ठूलो ऊर्जा संकट व्यहोर्नु परिरहेको अवस्थामा ऊर्जा क्षेत्रलाई सर्वसुलभ, दिगो र प्रभावकारी बनाउन नवीकरणीय ऊर्जा महत्वपूर्ण सावित हुने बताउनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले मुलुकका ५१ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको भएतापनि लोडसेडिङ्गका कारण उनीहरुले समस्या झेल्नु परिरहेको बताउँदै पाँच वर्षभित्र सबै जनतामा धुवाँरहित ऊर्जा पु¥याउने महत्वाकांक्षी योजनालाई सफल तुल्याउन सबैको सहयोग अपेक्षाकृत रहने विश्वास व्यक्त गर्नुभयो ।
    मुख्य सचिव लीलामणि पौडेलले मुलुकका बहुसंख्यक जनता अझै पनि परम्परागत ऊर्जा (दाउरा) मा निर्भर रहेको वास्तविक स्थितिमा उनीहरुका लागि नवीकरणीय ऊर्जा विकल्पका रुपमा रहने विश्वास व्यक्त गर्नुभयो ।
    सो अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. गोविन्दराज पोखरेलले मुलुकमा स्वच्छ ऊर्जा प्रवद्र्धनका लागि एकीकृत नवीकरणीय ऊर्जा नीतिको खाँचो औंल्याउँदै नेपाल सरकार र विभिन्न दातृ राष्ट्रहरुको सहयोगमा सञ्चालित राष्ट्रिय ग्रामीण नवीकरणीय ऊर्जा कार्यक्रमले ग्रामीण जनताको ऊर्जामा पहुँच बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    सप्ताहका अवसरमा भृकुटीमण्डपमा आयोजित नवीकरणीय ऊर्जासम्बन्धी प्रदर्शनीको प्रधानमन्त्री डा. भट्टराईले उद्घाटनसमेत गर्नुभएको थियो ।

No comments:

Post a Comment