वर्ष ९, अंक ४१ (२०६९ माघ १२ गते शुक्रबार प्रकाशित)
कीर्तिपुर बहुउद्देश्यीयमा अध्यक्ष पुनः रमेश महर्जन छनौट
कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि. को १२ औं वार्षिक साधारण सभा गत माघ ६ गते शनिबार काभ्रेको धुलिखेलमा सम्पन्न भयो ।
प्रमुख अतिथि काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्र सहकारी बैकका प्रबन्ध सञ्चालक के.वी उप्रेतीले पानसमा दीप प्रज्ज्वलन गरी सो सभाको उद्घाटन गर्नुभएको थियो । त्यसक्रममा वहाँले कीर्तिपुर बहुउद्देश्यीय संस्थाको प्रगतिको कामना गर्नुभयो र अझ कीर्तिपुरका जनताको सेवा लाग्न सकोस् भन्नुभयो ।
उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठ, कीपू बचत तथा ऋण सहकारीका सिद्धि मानन्धर, संस्थाका अध्यक्ष पवन जोशी, संस्थाका सल्लाहकार श्रीकृष्ण श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त साधारण सभाको बन्दसत्रबाट आगामी कार्यकालका लागि सञ्चालक समिति तथा लेखा समितिका सवै सदस्यहरू निरविरोध छनौट भएका थिए । सञ्चालक समितिका पुनः रमेश महर्जन (अध्यक्ष), (उपाध्यक्ष) दिल बहादुर महर्जन, (सचिव) सञ्चित डंगोल, (कोषाध्यक्ष) जनकलाल महर्जन, पदेन सदस्य हरिशरण महर्जन, सदस्यहरू क्रमशः राजनदुवाल श्रेष्ठ, अशोक महर्जन, रामबाबु बिष्ट र शोभा महर्जन चयन भएका थिए ।प्रमुख अतिथि काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्र सहकारी बैकका प्रबन्ध सञ्चालक के.वी उप्रेतीले पानसमा दीप प्रज्ज्वलन गरी सो सभाको उद्घाटन गर्नुभएको थियो । त्यसक्रममा वहाँले कीर्तिपुर बहुउद्देश्यीय संस्थाको प्रगतिको कामना गर्नुभयो र अझ कीर्तिपुरका जनताको सेवा लाग्न सकोस् भन्नुभयो ।
उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठ, कीपू बचत तथा ऋण सहकारीका सिद्धि मानन्धर, संस्थाका अध्यक्ष पवन जोशी, संस्थाका सल्लाहकार श्रीकृष्ण श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी लेखा समितिमा संयोजक राजेन्द्र कुमार महर्जन पुता, सदस्यहरू अर्जुन ब. थापा, लक्ष्मी महर्जन चयन भएका थिए । सबै सदस्यहरूलाई प्रा.डा. श्रीकृष्ण श्रेष्ठ, प्रा.डा.रामकृष्ण महर्जन, हिराकाजी महर्जन, कीर्तिपुर न.पा.का लेखा अधिकृत सानुबावु परियार लगायतले अविर, फूलमाला तथा खादा लगाएर बधाई एवं आगामी कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सो साधारण सभा रमेश महर्जनको सभापतित्वमा भएको थियो ।
सो साधारण सभा रमेश महर्जनको सभापतित्वमा भएको थियो ।
No comments:
Post a Comment