Friday, January 18, 2013

देश र जनताको सेवा गर्ने कि निर्वाचनमा बहुमत ल्याउने ?

वर्ष ९, अंक ३४ (२०६९ मंसिर २२ गते शुक्रबार प्रकाशित)

देश र जनताको सेवा गर्ने कि निर्वाचनमा बहुमत ल्याउने ?

    देश र जनताको सेवा गर्ने कि निर्वाचनमा बहुमत ल्याउने नेकाका सभापति सुशिल कोइरालाको नाम प्रमको रुपमा प्रस्ताव गर्ने नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले निर्णय गरेको छ । तीन दलबीच सहमति गर्ने सहमति भएपछि नेकाले प्रमको नाम सिफारिस गरेको हो ।
    केन्द्रीय कार्यसमितिको बैठकबाट प्रमको सर्वसम्मत निर्णय पछि दिएको कोइरालाको प्रतिबद्धताले हिजोकै सरकारको निरन्तरता मात्र हुने शंका उब्जाएको छ ।
    राजनैतिक पार्टीको या सरकारको नेतृत्व गर्नेको पहिलो प्राथमिकता देश र जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनुपर्नेमा पार्टीको विकास र भावि निर्वाचनमा पार्टीको बहुमत निर्वाचित गर्ने प्रतिबद्धता जनाएको छ कोइरालाले ।
    सुशिल कोइरालाको नेतृत्वमा सरकार बन्ने पक्का छ । अब नेकाले पहिले देश र जनताको हितमा यो यो काम गर्ने प्रतिबद्धता सार्वजनिक गर्नुपर्दछ । सरकारको स्वरुप जम्बो बनाई राष्ट्रको ढुकुटी सिध्याउने कार्य अब बन्द गर्नुपर्दछ ।
    मन्त्रीहरु नियुक्त गर्दा विशेषज्ञ र दखलता अनुसारको मन्त्रीको जिम्मा सुम्पनु पर्दछ । अब बन्ने  नयाँ सरकारले संसदीय निर्वाचन र स्थानीय निर्वाचन यथाशीध्र घोषणा गरी संवैधानिक शुन्यताको अन्त गर्नुपर्दछ ।
    संसदीय निर्वाचित प्रतिनिधिबाट संविधान सभाका सहमतिका बुँदाहरुलाई कायम राख्दै विवादित विषयमा सहमतिको वातावरण बनाई देशमा नयाँ संविधान बनाउन विशेष ध्यान दिनुपर्दछ ।
    साथै लोडसेडिङ्ग, स्वास्थ्य, खानेपानी जस्ता महत्वपूर्ण जनताको समस्यलाई तत्काल निराकरण गरी आकासीएको महङ्गी नियन्त्रण गर्न सकेमा जनताले नयाँ सरकारको अनुभूति गर्नेछ ।

No comments:

Post a Comment