Friday, January 18, 2013

निकासको लागि त्याग जरुरी

वर्ष ९, अंक ३३ (२०६९ मंसिर १५ गते शुक्रबार प्रकाशित)

निकासको लागि त्याग जरुरी

    हाम्रो देश नेपाल यस्तरी बिग्रेला भनेर कसैले सोचेका छैनन् होला । राणाकालको शासनदेखि गणतन्त्र नेपालसम्मका सत्तारुढ दलहरुले देश र जनताको पक्षमा सेवा गर्छु भनेर कसम खाएका थिए । राणाको अन्याय सहन नसकेर ७ सालको क्रान्ति, पंचायती शासनको अन्याय सहन नसकेर ०४६ सालको जन आन्दोलन, प्रतिगमनको विरुद्ध ०६३ सालको लोकतन्त्र आन्दोलन जसले गणतन्त्र सम्म पुर्यायो । हरेक आन्दोलन प्रगतिशील हुन्थ्यो र हुनुपर्दछ ।
    तर अहिले सम्मको नेपालको इतिहासमा सत्ताबाहिर छँदा जति देश र जनताको सेवामा प्रतिबद्धता र लोभिपापीको त्याग ओकल्दछन्, सत्तामा पुगेपछि प्रतिबद्धता सबै बिर्सन्छन् र त्याग सबै कुर्सीमा तासिन्छन् । गणतन्त्रको चार प्रम यसैका सिकार भए । सत्ता छोडन परे गोली खान तयारको अभिव्यक्त आउँछन् अनि त्याग भावना कहिले आउँलान् ?
    कुर्सीको लागि गोली खाएर मर्न तयार हुने तर देश र जनताको हितमा कुर्सी त्याग्न नसक्ने ?
    देशमा राजनैतिक निकास चाहिएको छ । संवैधानिक शुन्यता भर्नुपर्दछ । भोलि निर्वाचित भएर आउँदा पनि राजनैतिक दलका प्रतिनिधि नै आउने हुन् । अहिलेको समयमा सबैले आ–आफ्नो डम्फु बजाउँन त्याग्नु पर्दछ ।
    कोही हार्न नचाहेकोले नै राजनैतिक निकासको लागि स्वतन्त्र तटस्थ व्यक्तिको लागि नेतृत्व त्याग गर्न सक्नु धेरै बुद्धिमानी हुनेछ ।
    तटस्थ व्यक्तिको एउटै ध्येय निर्वाचन सम्पन्न गर्नुमात्र हुने गरी सबै दलले सहमति गरेमा कसैको साख गिर्ने छैन । तटस्थ व्यक्तिले हरेक कार्य पुरा गर्न सक्दछ । आफूले गल्ति गरेजस्तै अरुले पनि गल्ति गर्ला भनेर सोच राखी स्वतन्त्र व्यक्तिलाई सत्ता हस्तान्तरण सहमति गर्न नमान्नु देश अझ संकटग्रस्त बनाउने चाला मात्र हो । देशमा फेरि वैदेशिक चलखेल सुरु भएको छ । नेताहरु नेपाली जनताको मन जित्न होइन विदेशी कुटनितिकज्ञको इसारामा नाँच्न चाहिरहेको प्रष्ट हुँदैछ । देश एउटा कानुनी विधि अनुसार चलाउन दिन अब नेपाली जनताले संवैधानिक शुन्यताको अन्त्य गर्दै सही निकास निकाल्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गराउन आवाज उठाउनु जरुरी छ ।

No comments:

Post a Comment