वर्ष ९ अंक ३२ (२०६९ मंसिर ८ गते शुक्रबार प्रकाशित)
एमाले–काँग्रेस: काइते आन्दोलन
देशका प्रमुख शक्ति मध्येका नेकपा एमाले र नेपाली काँग्रेस सत्तारुढको अगाडि कथाग्रिएको छ ।
सत्तारुढ दल एनेकपा माओवादी र मधेसी मोर्चाको सरकारले देश र जनता विरुद्ध जे जस्तो काम गरेपनि सशक्त विरोध गर्न सकेन ।
महँगी आकासिएको छ, पेट्रोलियम पदार्थको मूल्य पटकपटक वृद्धि गरेको छ, सडक र
शहर फोहोर, दुर्गन्धित छन् भने पानीमा दोस्रो ठूलो धनी देशमा लोडसेडिङ्गको
अन्त्य कहिले भएन भने खानेपानीको हाहाकार कायमै छन्, कमिशन , भ्रष्टाचार,
नातावाद र कृपावाद, भागवण्डाको राजनीतिले देश असफल राष्ट्रको रुपमा अगाडि
बढिरहेको छ ।
यस्तो अस्तब्यस्त देशमा एउटा सहमति गरेर सबैले
त्याग, इमान्दार नैतिकवान भएर एउटा सहि निकास दिनुपर्ने समयमा अध्यादेश
मार्फत बजेट पारित गरी अझ अन्यौल स्थिति यो सरकारले सृजना गरेको छ । तर
एमाले, काँग्रेस लगायत १६ वटा राजनीतिक दल नाङ्गलो थटाएर हात्ति तर्साउने
पाराले काइते आन्दोलन हाँकिरहेका छन् ।
काँग्रेस र एमाले लगायतको आन्दोलन जसरी पनि कुर्सी हत्याउन होइन, जनताको जनजीवनसँग गाँसेर आन्दोलन गर्नुपर्दछ ।
सरकारमा को जाने, कसको पालो भन्ने होइन । पूँजीवादी व्यवस्थामा जो गए पनि
कानै चिरेको हुनेछ भन्ने कुरा पटकपटक जनताको सरकार भन्दै जनतालाई नै दुःख
दिएकोबाट प्रष्ट भैसकेको छ । अब नयाँ हुने सरकारपनि पूँजीवादी नै हुने
भएकाले कमसेकम अब बन्ने सरकारले जनताको पक्षमा हिजोका गल्तिबाट पाठ सिक्दै,
जनता समक्ष माफी माग्दै फेरि नयाँ मार्गचित्र र प्रतिवद्धताकासाथ
आन्दोलनलाई चर्काउनुपर्दछ ।
अबको आन्दोलनमा सरकारविरुद्ध चियापान बहिष्कार, एउटै मञ्चमा बस्ने बहिष्कार, सरकारी बैठक बहिष्कार गर्ने आटँ गर्नुपर्दछ ।
No comments:
Post a Comment