Friday, January 18, 2013

नेपाल सम्वत् र सरकारी आश्वासन

वर्ष ९, अंक ३१ (२०६९ कार्तिक २४ गते शुक्रबार प्रकाशित)

नेपाल सम्वत् र सरकारी आश्वासन

    नेपाल सम्बत् ११३३ नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
    नेपाल सम्वत्, राष्ट्रिय सम्वत्को रुपमा घोषणा भइसकेतापनि कामकाजको रुपमा प्रयोगमा ल्याउन सकेको छैन । देशमा रहेका सबै भाषाभाषीलाई राष्ट्रिय मान्यता पाए पनि कामकाजको भाषा नेपाली भाषा नै प्रयोग गर्नु परे जस्तै नेपाल सम्वत् राष्ट्रिय सम्वत् घोषणा गरेर कामकाजको सम्वत् विक्रम सम्वत्लाई प्रयोगमा
ल्याइरहेको छ ।
    सरकारका प्रमुखले नेपाल सम्वत् फेरिने एकदिने औपचारिक उद्घाटन कार्यक्रममा नयाँ नयाँ सरकारी आश्वासन दिने अनि कार्यान्वयन नगर्ने ‘आज उधारो भोलि नगदी’ जस्तै व्यापारिक बनेको छ ।
    नेपालमा रहेका सबै नेपालीहरु नेपाल सम्वत्कै तिथि अनुसार घरायसी कामदेखि परम्परागत ठूल–ठूला चाडपर्व नेपाल सम्वत्कै क्यालेण्डर अनुसार चल्दै आइरहेको छ । सरकारी मान्यताबाट प्रचलनमा ल्याइने चाडपर्व समेत नेपाल सम्वत्कै तिथि अनुसार चलाइरहेका छन् भने अब सरकारी कामकाजमा नेपाल सम्वत् चलाउन कसले रोक्यो ?
    सरकारले विक्रम सम्वत्को क्यालेण्डर प्रकाशित नगरी नेपाल सम्वत्को क्यालेण्डर प्रकाशित गरी अबदेखि नेपालको गते, तारिख र तिथि अनुसार हुने मन्त्री मण्डलबाट निर्णय गरेपछि लागु हुनेछ ।
    यसको लागि सरकारले आर्थिक वर्ष कुन महिनाबाट लागु गर्ने सो को अध्ययन गरी पञ्चाङ्गी विशेषज्ञसँग सरसल्लाह गरी तुरुन्तै निष्कर्षमा पुग्न सकिन्छ । पटक पटकको फुस्रो आश्वासनमा अब हामी कति पटक फस्ने ?
    सरकारीबाट यो वर्ष पनि नयाँ आश्वासन दिने पक्का छ ।
    आश्वासन र प्रतिबद्धता कार्यान्वयन गराउन नेपाली जनताले नै जनदवाव सिर्जना गर्न सकेमा चाँडो भन्दा चाँडो नेपाल सम्वत् राष्ट्रिय सम्वत्को रुपमा नेपाली जनताले पाउने छन् ।
    यो नयाँ वर्ष ११३३ ले सबैमा फुस्रो आश्वासन होइन सही कार्यान्वयनको लागि पहल सबै नेपालीबाट गर्न आँट गरौं ।

No comments:

Post a Comment