वर्ष ९ अंक ३० (२०६९ कार्तिक १७ गते शुक्रबार प्रकाशित)
टुहुरो कल्याण संघ टुहुरो बन्यो
टुहुरो बालबालिकालाई शैक्षिक सहयोग गर्ने उद्देश्यले स्थापित नेपाल टुहुरो कल्याण संघ आफै टुहुरो बन्यो ।
कार्यालय र टुहुरा असहाय बच्चाहरुको हेरचाह र आवासीय सुविधासमेत दिई
दिनरात खटीनु हुने संघको उपाध्यक्ष नजरराम महर्जन माथि ‘जक’ को अभियोगमा
फासइएपछि अदालतबाट सफाई पाए पनि त्यो टुहुरो कल्याण संघले निरन्तरता पाएन ।
एनआरएनको सहयोग र एआरएनका एक प्रतिनिधिले पाँगा निवासी डा. देवकाजी
डंगोलको अध्यक्षतामा संरक्षित सो संस्था एक जना व्यक्तिको कारण टुहुरो
हुनुपर्ने अवस्था नआउनुपर्ने हो । त्यस संस्थामा अन्य प्रबुद्धवर्ग पनि
जिम्मेवारी पदमा थियो नै ।
टुहुरो कल्याण संगै टुहुरो हुनुमा
काण्डसंगै हिसावको पारदर्शी नहुनु र अडित गरी संस्था नवीकरण हुन नसक्नुले
भएको हो भने पुनः जिवित गर्न अध्यक्ष लगायतले पहल गर्नु जरुरी छ ।
एनआरएनका प्रतिनिधिहरु गत हप्तासम्म स्वदेश फर्की विविध कार्यक्रम गरी सहयोग र सद्भाव पोखी रहनु भएका छन् ।
यति बेला कीर्तिपुरको कुनै एक हल वा विद्यालयमा टुहुरा कल्याण संघ नेपालको
बार्षिक उत्सव मनाइरहेको हुने थियो । टुहुरा र असाहाय र गरिव
विद्यार्थीहरुलाई केही राहत र दातृहरुलाई प्रशंसनीय कार्य गरेको गौरव गर्ने
ठाउँ हुने थियो ।
समय बाँकी छन्, सयौं असाहाय, गरीव र टुहुरा
परिवारका विद्यार्थीहरु अहिले पनि विभिन्न विद्यालयमा अध्ययनरत छन् । ती
विद्यार्थीहरुले निरन्तर रुपमा दिइदै आएको सहयोगलाई निरन्तरता दिन फेरि पहल
गरौं । अबको टुहुरा कल्याण संघ ब्यवस्थित होस् इमान्दार होस्, लगानशील
होस् पारदर्शी होस् । कीर्तिपुर लगायत सवै गाउँठाउँका जनताको सेवा होस् ।
No comments:
Post a Comment