Friday, January 18, 2013

वडा दशैंको शुभकामना राजनैतिक निकासको लागि बुद्धि पलाओस्

वर्ष ९ अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार प्रकाशित)

वडा दशैंको शुभकामना

राजनैतिक निकासको लागि बुद्धि पलाओस्

    नेपालीहरुको महान चाड वडा दशैं शुभारम्भ भैसकेको छ । यस अवसरमा सम्पूर्ण ग्राहकवर्ग, लेखक, विज्ञापनदाता, शुभचिन्तक सबै नेपालीमा सुख शान्ति छाओस् भनी शुभकामना गर्दछु ।
    चाड पर्वको उपलक्ष्यमा नेपालीहरु एकातिर खुशीयालीमा छन् भने देशमा एउटास्थिर सरकार र जनताको संविधाना नपाएर नेपाली जनता दुःखित पनि छन् ।
    अर्बौं रुपैयाँ खर्चेर पनि संविधानसभाको आयु पटकपटक गरी चारवर्ष लम्बाएपनि आखिर नेपाली जनताले चुनेर पठाएका संविधानसभाका प्रतिनिधिबाट संविधान दिन सकेन । ६०१ जना यसमा दोषी छन् । त्यसमध्ये पनि सत्ताको साँचो हातमा लिएका र दुई तिहाई बहुमत प्राप्त पार्टी समयमै संविधान नपाउनु र संविधानसभा अवसान हुनुमा बढी दोषी रहेको छ । ती बहुमत प्राप्त पार्टीको एकलौटी सम्पति झैं २, ३ र ४ पार्टीको हालिमुहाली गरी अन्य पार्टीको विचार र छलफल नचलाउनु प्रमुख दोषी हो ।
    ६०१ जनाको विषयगत समितिबाट पारित गरी सहमति गरेका बुँदाहरुलाई काखी च्यापी रुपान्तरित संसदबाट संविधान जारी गर्न सक्ने सम्भावनालाई वास्ता गर्न नसक्नु अर्को दोषी हो भने कस्तो संघीय राज्य, राज्य शक्ति कस्को हातमा भन्ने विषयमा सुरुमै छलफल गरी टुङ्गो पुर्याउनुको सट्टा परनिर्भर विवेक प्रयोगले गर्दा जातजाति र भाषाभाषीको राज्य पुनर्संरचनामा जोड दिन थालेपछि अन्ततः संविधान सभाको सभासदलाई वोलाएर राख्दा पनि वैठक हुन सकेन र संविधनसभा हललाई कुनै जानकारी विनानै अवसान गरायो ।
    संविधान बनाउने जातीय द्वन्द्धको स्थिति सृजना भयो । साच्चै जातीय राज्य पुनसंरचनाको संघीय राज्य नै पारित भएका हिजो जसरी एक जातिको सर्वेसर्वा भयो भनेर विरोध गरेझैं भोलि संघीय राज्यमा पनि हुने निश्चित भयो भने के दुर्दशा होला ? यसरी ठूला दलहरु एकपछि अर्को गल्टि गर्दै देशको सार्वभौमिकता स्वाधिनतामाथि नै आँच पुर्याउने काममा लागिरहेका छन् ।
    बिजया दशमीको अवसरमा यस्ता गलत कार्यको अहिले देखिनै खवरदारी गरौं र राजनैतिक निकासको  लागि दलहरुमा राम्रो र सद्विचार पलाओस यही शुभाकामना ।

No comments:

Post a Comment