वर्ष ९ अंक २८ (२०९ असोज २६ गते शुक्रबार प्रकाशित)
नेक्राविसंघ सम्मेलन सफलताको कामना
नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी विद्यार्थी
संघको दशौं राष्ट्रिय सम्मेलन असोज २६–२९ धनगढी, कैलालीमा आजदेखि सुरु
हुँदैछ । आज दिउँसो २ बजे धनगढीस्थित त्रिनगर उच्च माविको प्राङ्गणमा
नेमकिपाका अध्यक्ष का. नारायणमान बिजुक्छें ‘रोहित’ ले एक समारोहबीच
समुद्घाटन गर्दै हुनुहुन्छ ।
देशको सार्वभौमिक र स्वाधिनताको
रक्षा गरौं शिक्षामा नवउदारवादीको विरोध गरौं दशौं राष्ट्रिय सम्मेलन
धनगढीमा सफल पारौं भन्ने मुल नाराका साथ हुने दशौं राष्ट्रिय सम्मेलनको
सफलताको शुभकामना दिन चाहन्छु ।
नेक्राविसंघ मातृ पार्टी
नेमकिपाको प्रत्यक्ष निर्देशनमा संचालित पार्टी हो । पार्टीको नेतृत्वमा
रही नेक्राविसंघले विद्यार्थीको हक अधिकार सुनिश्चितताको लागि सर्वशुलभ र
वैज्ञानिक शिक्षा प्राप्तिको संघर्षमा सधैं अग्र पङ्क्तिमा रही संघर्ष
गरिरहेको छ भने अन्याय अत्याचार विरुद्ध राष्ट्रिय राजनीतिक परिवर्तनमा
नेक्राविसंघको योगदान अविस्मरणीय रहेको छ ।
विद्यार्थी
आन्दोलनभित्र द्यौसीवाददेखि सबै किसिमका अराजकता विरुद्ध संघर्ष गर्दै
गणतन्त्रसम्मको भूमिकालाई थप उर्जा दिन देशको सार्वभौमिकता र भू–अखण्डता
रक्षाको लागि संघर्ष गर्न र नवउदारवादी प्रभावबाट देशको शिक्षा क्षेत्रलाई
मुक्त पार्दै समाजवादी शिक्षा व्यवस्था स्थापना लागि निरन्तर संघर्षको अग्र
मोर्चामा उभिन सकुन पुनः यही शुभकामना छ ।
No comments:
Post a Comment