वर्ष ९, अंक ३५ (२०६९ मंसिर २९ गते शुक्रबार प्रकाशित)
काठमाडौं जिल्ला सम्मेलन सफलताको शुभकामना
नेपाल मजदुर किसान पार्टीको चौंथौं काठमाडौं जिल्ला सम्मेलन मंसिर ३० र पुस १ गते दुई दिन हुन गइरहेको छ ।
मंसिर ३० गते पार्टीका श्रद्धेय अध्यक्ष का. नारायणमान बिजुक्छें (रोहित)
बाट बसन्तपुरमा उद्घाटन गरिने सो सम्मेलनको सफलताको कामना गर्दछु ।
मुलुकमा राजनैतिक अन्योल र संविधानिक शुन्यताले देशको भविष्य कता जाँदैछ
भन्ने अनिश्चित भैरहेको छ । २ वर्षमा बनाउनुपर्ने संविधान ४ वर्षमा पनि
बनेन र अन्ततः संविधानसभा नै विघटन गरायो । काम चलाउ सरकारको आयु सहमति
सहमति सुगा घोकाई गर्दै लम्ब्याउँदै छ सत्तारुद्ध दलबाट ।
राष्ट्रपतिले पटक पटक गरी चौंथो पटकसम्म सहमति सरकार बनाउन सार्वजनिक
आह्वान गरेपनि सहमति व्यर्थ भएका छन् भने प्रमुख प्रतिपक्ष दलहरु सरकार
बनाउन असफल छन् ।
देशमा विदेशी हस्तक्षेप बढ्दै छन् । राष्ट्रपति
देखि सत्तारुढ दलका नेताहरुलाई मन्त्र पाठ सिकाउँदै छन् । करण सिँहको कमाल
योजनामा झण्डै सहमति भएर हतारमा नेकाले सुशील कोइरालालाई प्रधानमन्त्रीको
नाम प्रस्तावित पनि असफल भएको छ ।
सहमतीय सरकारको लागि सर्त
राखेपनि प्रतिपक्षले संविधानको मान मर्यादामा सर्त नमान्ने निर्णय गरी
सत्तारुढ दल प्रतिपक्षबीच द्वन्द्व बढ्दै छ । देशमा सरकारले खानेपानी,
फोहोर मैलाको व्यवस्थापन, विद्युत आपूर्ति गर्न असफल छन् भने अति आवश्यक
बस्तुको अधिकत्तम मूल्य (MRP) तोकेपनि महङ्गी आकासिएको छ ।
देशमा राजनैतिक, सामाजिक, सांस्कृतिक हरेक क्षेत्रमा असफलता भैरहेको समयमा
बसन्तपुरको खुल्ला क्षेत्रमा नेमकिपाको चौंथौं काठमाडौं जिल्ला सम्मेलन
महत्वपूर्ण रुपमा लिइएको छ ।
नेमकिपा नेपालको राजनैतिक इतिहासमा
प्रकाश स्तम्भको रुपमा रहेको छ । नेमकिपाले जे बोल्छ त्यो भई छाड्छ भन्ने
धारणा आम नेपालीमा छाप परेको छ ।
राजनैतिक परिवर्तनमा ४६ सालको
जनआन्दोलन भक्तपुर काण्ड नेमकिपालाई ध्वस्त पार्न रचिएको षड्यन्त्रको फल
हो, बहुदलपछि राजनैतिक भ्रष्टाचार र लुटको विरोधमा नेमकिपाले कुनै सुविधा
नलिनु राजनैतिक इमानदार र नैतिकता ज्वाज्वल्यमान छ, प्रतिगमन विरुद्ध
आन्दोलनमा राजनैतिक निकास व्यवस्थापिका संसदको पुनःस्थापना निकासको विचारले
राजतन्त्रको अन्तसँगै गणतन्त्र स्थापना भएको छ ।
पूँजीवादी
गणतन्त्र होइन समाजवादी गणतन्त्रको वकालत गर्ने नेमकिपा एक्लो पार्टी भएको छ
। अहिलेको राजनैतिक अन्योलमा पनि राष्ट्रपति शासन लागु गरी तटस्थ
व्यक्तिको सरकारको निर्माण गर्नुपर्ने आवाज सशक्त हुँदैछ । देश र जनताको
हितमा अझ सशक्त आवाज र विचार यो सम्मेलनले दिने विश्वास गर्न सकिन्छ ।
No comments:
Post a Comment