वर्ष ९ अंक ३६ (२०६९ पुस ६ गते शुक्रबार प्रकाशित)
समय थप्नु पनि सीमा हुनुपर्यो
राष्ट्रपति डा. रामवरण यादवले राजनैतिक अन्योलको निकासको लागि सहमतीय सरकार गठन गर्न पाँचौं पटक पाँच दिनको समय थप गरेको छ ।
हुन्छ भन्न नछाड्ने, थपाथप गर्ने पनि लाज नमान्ने, असफल राजनैतिक ४ दल सहमतिमा कहिल्यै पुग्न नसक्ने भएका छन् ।
देशका प्रमुख दलको पगडी पहिरिएका दलहरु जनताको हितमा त्याग गर्न सकेको भए
समयमै संविधान बनिसक्दथ्यो र वर्तमान राजनैतिक अन्योल पनि यति लामो दिन
लाग्दैन्थ्यो होला ।
राष्ट्रपति महोदय समय थप्नुपनि सीमा
हुनुप¥यो । ‘नगाँ नाच्नेको हजार दाऊ’ भने जस्तै लाज शरम नभएका ती दलका
नेताहरुले समयसके लगतै फेरि म्याद थप माग्ने छ । एवंरितले निकास ननिकालीकन
समय थप्दै जाने र देशलाई असफल राष्ट्र बनाउन राष्ट्रपति पनि गैर जिम्मेबार
ठहर्नेछ ।
राष्ट्रपतिको पटक पटकको आग्रहमाथि अपहेलना गर्ने ती दल
र सरकारलाई बाधा अडकाउ फुकाउने संवैधानिक अधिकार प्रयोग गरी बर्खास्त गर्न
राष्ट्रपति तयार हुनुपर्दछ ।
असहमतिको जवाफमा राष्ट्रपति शासन
लागु गरी स्वतन्त्र र तटस्थ व्यक्तिको निर्वाचित सरकार र संसदीय निर्वाचनको
धोषणा वर्तमान राजनैतिक अन्योलको उत्तम उपाय हो ।
राष्ट्रपतिको
यो कदम उठायो भने केही समय विवादमा पर्न सक्ला । सबै नागरिक समाज र अन्य
राजनैतिक दलले यसबारे बहस चलाएमा सेनाको कारण माओवादी अध्यक्षको
प्रधानमन्त्री पद छाडे जतिकै साम्य हुनेछ ।
त्यसकारण यो पाँचौं पटकको आवहान अन्तिम हुनुपर्दछ ।
नागरिक समाज, बुद्धिजीवी, सर्वसाधारण नागरिकले समेत आ–आफ्नो क्षेत्रबाट
वर्तमान अन्योल सृजना गर्ने राजनैतिक दल र नेता विरुद्ध सशक्त आवाज
उठाउनुपर्ने बेला भएको छ ।
हामी नेपाली जनता अब दास होइन स्वाभिमानी र विवेकशील बनौं, निकासको लागि आवाज बुलन्द गरौं ।
No comments:
Post a Comment