Friday, January 18, 2013

देश जलिरहेछ राष्ट्रपति विदेश घुमिरहेछ ।

वर्ष ९ अंक ३७ (२०६९ पौष १३ गते शुक्रवार प्रकाशित)

देश जलिरहेछ राष्ट्रपति विदेश घुमिरहेछ ।

    राष्ट्रपति रामवरण यादवको छिमेकी राष्ट्र भारतको ५ दिने भ्रमण भइरहेको छ । देश जलिरहेको बेला राष्ट्रपतिको यो भ्रमण कतै आगो निभाउन दमकलको खोजी हो कि भारतको एक सिपाही हो भोलिका दिनमा प्रष्ट हुँदै जाला ।
    राष्ट्रपति मात्र होइन राष्ट्रमा रहेका सबै नेपाली जनता अहिले अँध्यारोमा रहेको छ दलहरुको बिग्रँदो बुद्धिको कारण । छैठौं पटक सहमतीय सरकार गठन गर भनेर राष्ट्रपतिको समयसीमा बारम्बार नाघ्दै गएका छन् । यस्तो शुन्यता चिर्न राष्ट्रपति पनि असफल भए जसरी दलहरु असफल छन् ।
    राष्ट्रपतिको पछिल्लो पाइला सर्वदलीय बैठक संविधान सभामा प्रतिनिधित्व गरेका दलहरुलाई बोलाएर छलफल गर्नुभएको छ । निकासको लागि राम्रो कदम मान्न सकिन्छ ।
    पहिलो छलफल हात्ती आयो फुस्सा भयो । संचार माध्यम र प्रमुख दलहरुले एउटा निकास निस्कने अडकल गरेको थियो ।
    भारतको एक कार्यक्रममा सहभागी हुने नाममा भएको यो भ्रमणले जिवित एउटै संवैधानिक निकाय  भारतको सिपाही भएर आउने होइन र भारतको पानी बोकेर दमकल भएर आउने पनि होइन ।
    भारतको चाहना के हो ? भारतसँगै कसरी नेपालको हितमा कुटनैतिक सम्पर्क अगाडि बढाउने र भारतले मिचेका भूमि कसरी फिर्ता लिने र असमानसन्धि खारेज कसरी गर्ने आदिबारे राष्ट्राध्यक्षको विचार विमर्श हुनु जरुरी छ । भारतसँग भएका जे जति कुरा नेपाली जनतालाई पारदर्शी गर्नै पर्दछ । नत्र नेपाली जनताले राष्ट्राध्यक्ष हो भनेर काँध थापेर बस्दैन ।
    देश जलिरहेको बेला राष्ट्रपतिले नेपालकै पानीबाट दमकलको भूमिका खेल्नु पर्दछ । पटक पटकको प्रयास असफल भैसकेपछि अब बहुमतीय प्रणालीमा जानु पर्दछ ।
    बहुमतीय सरकारले दलगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्दछ । बहुमतीयमा जान पनि अप्ठ्यारो मान्नु हुन्छ भने स्वतन्त्र र तटस्थ व्यक्तिको नेतृत्वमा सरकार गठन गरी संविधानसभाको निर्वाचन होइन संसदीय निर्वाचन गरी अगाडि बढ्नु जाति हुनेछ ।

No comments:

Post a Comment