वर्ष ९ अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)
राष्ट्रको चिन्ता गर
प्राणी मध्ये सबैभन्दा विवेकशील प्राणीमा मानिस हुन् । सबै प्राणी जन्मिन्छन् र एकदिन मर्नै पर्दछ । हाम्रो
मृत्यु
कस्तो हुने प्वाँख सरी हलुको या पहाड सरी गर्हौं, हिमालसरी टलक्क टल्कने !
जसले देश र जनताको हितमा स्थानीयदेखि राष्ट्रसम्मको चिन्ता गर्दैन
तिनिहरुको मृत्यु प्वाँखजस्तै हलुका हुन्छन् । ए त्यो मर्यो है.....सम्झने
त्यति मात्र ।
जसले देश र जनताको हितमा स्थानीयदेखि
राष्ट्रियसम्मको चिन्तन गर्दछ, समाज परिवर्तन गर्न खोज्दछ, जनताको जनजीविका
सरल र शान्त ढंगले जिउन आफ्नो ज्यान समेत प्रर्वाह नगर्नेहरुको मृत्यु
पहाडभन्दा गर्हौं, हिमाल भन्दा टलक्क टल्कने हुन्छ ।
मानवमा रिस हुन्छ, इर्षा, लोभ र त्याग मध्ये त्यागको भावनाले काम गर्न सकेमा स्थानीय राष्ट्रिय आफ्नो छवि बनाउन सकिन्छ ।
यो कुरा धरायसी होस् या बाह्य जहाँपनि लागू हुन्छ । अझ त राजनीतिमा लागेका
नेतादेखि कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुमा त्यागको भावना जागृत गर्न
सक्नुपर्दछ । आज देशमा सत्तासिन दलहरुले कुर्सी त्याग गर्न नसक्दा
संविधानसभाको हत्या गर्नपनि पछि परेनन् ।
गोली खान तयार रहे बालुवाटार नछाड्ने हदसम्मको अभिव्यक्त सुन्नु परे ।
वर्तमान राजनैतिक अन्योल लम्बिनुमा पनि त्यागको अभावले नै हो । यदि देश र
जनताको हितमा सबै दलहरुले त्यागको भावना जागेको भए निकास निस्किसक्दथ्यो ।
त्गाय र नैतिकता र इमानारीता अनि दुरदृष्टिको दृष्टिले नेमकिपाबाट सबै
दलले शिक्षा लिनै पर्दछ । जे बोल्छ, जे नीति लिन्छ त्यो सही सावित हुँदै
देशमा राजनैतिक प्रकाश स्तम्भ झैं स्थापित छन् ।
भक्तपुर
काण्डबाट पंचायत तानाशाहीको अन्त्य, प्रतिगमन विरुद संघर्षमा गणतन्त्रको
प्राप्त व्यवस्थापिका संसदको पुनःस्थापनाले मात्र सम्भव भएको हो । त्यस्तै
अहिलेको अन्योल राजनीतिमा स्वतन्त्र दलहरुको असफलतालाई ध्यान राख्दै
राष्ट्रपतिमार्फत स्वतन्त्र र तटस्थ व्यक्तिको नेतृत्वमा सरकार, संसदीय
निर्वाचन जुन नीति प्रस्तावित गरेको छ अन्ततः सहि सावित हुँदै आइरहेको छ ।
कमसेकम राजनीतिक दलहरुले दलगत स्वार्थ त्यागेर स्थानीय राष्ट्रिय र नेपाल र
नेपाली जनताप्रति अलिकति चिन्ता गरेमा देश र जनताकै हित हुने पक्का छ ।
No comments:
Post a Comment