वर्ष ९ अंक ३९ (२०६९ पौष २७ गते शुक्रबार प्रकाशित)
पत्रकार हत्या प्रकरण
दोषीलाई कारवाही हुनुपर्दछ
गल्ती गर्नेलाई सजाय दिनैपर्दछ, दोषीलाई कारवाही हुनै पर्दछ । गल्ती र
दोषी गर्ने जोसुकै होस् कुनै न कुनै किसिमले विश्वकै हरेक देशमा कारवाही
हुने गर्दछ । नेपाल मात्र यसको अपवाद हुन सक्दैन ।
सन्दर्भ अहिले
दैलेखका पत्रकार डेकेन्द्र थापा हत्या प्रकरण होस् या महिला हिँसा गर्ने
अपराधीहरुलाई कारवाही गर्नुपर्ने आवाज ठूलो स्वरले उठेको छ । दैलेखका
पत्रकार थापालाई मारी जमिनमुनि गाड्ने अभियुक्तहरु अहिले प्रहरी हिरासतमा
छन् ।
द्वन्द्वकालमा माओवादीबाट मारिएका पौडेलका हत्याराका
अभियुक्तहरुलाई कारवाही गर्नुको सट्टा प्रधानमन्त्री स्वयं अभियुक्तलाईए
बयान दिन नलगाउन, द्वन्द्वकालको घटनालाई अहिले अगाडि ल्याउन नहुने
अभिव्यक्त दिँदै आइरहेको छ ।
प्रमको अभिव्यक्तिको विरोधमा नेपाल
पत्रकार महासंघले बुधबार राजधानीमा विरोध प्रदर्शन गर्न बाध्य बनायो ।
महासंघले देशमा राज्य नै नभएको विधिको शासन नभएको भन्दै वर्तमान सरकारको
आलोचना गर्दै प्रधानमन्त्रीलाई विरोध पत्र बुझाएको छ ।
दैलेखमा
सत्तापक्षका दलले द्वन्द्वकालको घाउ कोट्याएको भन्दै भौतिक कारवाही गर्ने
धम्कीको विरोधमा दैलेखका पत्रकार र न्यायपूर्ण जनता संघर्षमा रहेको छ ।
जघन्य अपराध चाहे राज्यबाट गरेको होस् या दलका नेता तथा कार्यकर्ताहरुबाट गरेको होस् कानुनी कारवही हुनैपर्दछ ।
दोषीलाई कानुनी कारवाही गर्न नसक्दा आज ४६ सालको आन्दोलन दवाउने र ०६२÷०६३ सालको आन्दोलन डबाउने दोषीहरु बढुवा हुँदै गइरहेको छ ।
मल्लिक आयोज र रायमाझी आयोग रद्दीको टोकरीमा फाल्ने कार्य हिजो भयो भने आज
गणतन्त्र नेपालमा पनि त्यही भइरहेको छ । गणतन्त्र आइसकेपछि गणतान्त्रिक
सरकारले मल्लिक र रायमाझी आयोगको पाना पल्टाउनु आवश्यक छ, दोषीलाई कारवाही
गर्नु जरुरी छ ।
कारवाही कार्यान्वयन गर्न जिम्मेवारी निकायमा
पुगेर दोषीलाई कारवाही नगर्नुपनि अपराध हो । जो सुकै तरिकाले गर्ने
अपराधलाई कालान्तरमा सजायको भागी हुनेछ ।
No comments:
Post a Comment