Friday, January 18, 2013

जनताको समस्यालाई लिएर संघर्ष थाल्नुपर्छ

वर्ष ९, अंक ४० (२०६९ माघ ५ गते प्रकाशित)

जनताको समस्यालाई लिएर संघर्ष थाल्नुपर्छ

        विपक्षी दलहरुले यही माघ ६ गतेदेखि २६ सम्म पहिलो चरणको कार्यक्रम घोषणा गरेको छ ।
    निर्वाचन र सहमतीय सरकार गठनका लागि सरकार र एकीकृत माओवादी तयार नभएको भन्दै आन्दोलन थाल्ने निर्णय गरेका हुन् ।
    राजनैतिक निकासको लागि निर्वाचन र सहमतीय सरकार आपरिहार्य त छ नै । नौ पटकसम्म राष्ट्रपतिबाट समय सीमा तोक्दा समेत दलहरु असफल भएपछि र सत्तासीनहरु एकपछि अर्को षड्यन्त्रका तानाबुना बुन्दै सत्ता लम्ब्याउने खेलमा लागेकोले अब विपक्षी दलहरुले आन्दोलनलाई सशक्त बनाउन लागेको हो ।
    अबको आन्दोलन जनताको जनजिविकाका सवाललाई लिएर हनुपर्दछ । मंहगी आकासिएको छ, लोडसेडिङ्गले अन्धकार बनाएको छ, महिला हिंसा र बलात्कारले प्रसय पाइरहेको छ, पत्रकार डेकेन्द्र थापा काण्डले शिखरमा पुगिरहेको छ भने सिङ्गो मुलुकमा विदेशी चलखेल भैरहेको छ र सत्तामा बसेकाले सुशासन चलाउन असफल भैरहेको कुरालाई अगाडि सारी संघर्षको ज्वाला बाल्नुपर्दछ ।
    देश र जनताको पक्षमा गरिने संघर्षले वर्तमान भ्रष्टाचार, दलालको आरोपमा फसेको सरकार ढल्ने पक्का छ ।
    एमाले, काँगे्रस हिजो सत्तामा बसेर जनताको सेवा गर्न नसकेको पार्टीको रुपमा रहेकोले जनताको साथ नपाउला भन्ने डर थियो । संयुक्त संघर्षका कार्यक्रम भ्यागुताको धार्नी जस्तै हुने हिजोको समस्या अहिले पनि छन् ।
    त्यसैले आन्दोलनकारी विपक्षी दलहरुले हिजोका गल्तीलाई नदोहोर्याउने प्रतिबद्धता सहित आन्दोलन गर्नुपर्दछ ।
    जहाँसम्म २६ गतेसम्म गरिने प्रमुख सहरमा हुने विरोध सभामा जनताबीच प्रष्ट कुरा राखी आन्दोलन गर्नुपर्दछ ।
    नेमकिपाले संविधानसभा जिवित रहँदा र अवशान पछि पनि जनताबीच पुगी आफ्नो जिम्मेवारी निभाएको थियो भने एमाले र काँग्रेसलाई संघर्षमा जानुपर्ने अवगत गराई विषक्षको भूमिका निभाएको स्मरणीय छ ।

No comments:

Post a Comment