वर्ष ९ अंक ६ (२०६९ बैशाख २९ गते शुक्रबार प्रकातित)
बन्दै बन्द: सरकार शुन्य
हामी कस्तो नेपाल बनाउदै छौं । बन्दै बन्दको नेपाल, अभावै अभावको नेपाल,
महङगीको नेपाल, असुरक्षित नेपाल, लोडसेडिङको नेपाल, समस्यैसमस्याको नेपाल,
? सरकार शुन्य छ, मौन छ । तायर, तोडफोड पछि मात्र सरकार होसमा आउने
गरेकोछ ।
पंचायती शासन, बहुदलीय शासनको के कुरा अहिलेको गणतन्त्र
सरकार पनि जनता र देशप्रति रति चासो छैन । नेताको बोलिको वेठेगाननै देशको
दुगर्तीको कारण बनेको छ ।
अखण्ड सदुरपश्चिमकको माग सहित १४
दिनसम्म पनि बन्दले निरन्तारता पाइरहयो । प्रचण्ड नेताको वोलिले
सुदुरपश्चिम टुक्रा हुने डरले सुदरपश्चिमका सवै पार्टीका जनता सडकमा
अनिश्चित बन्दले ठाउ“ पायो । ११ औं दिनमा सरकारी वार्ता टोली बनाएपनि
वार्ता हुन सकेको छैन । थरुहटले थारुवानको माग गर्दै कैलाली चितवन बन्द
कायमै छन् । वन्दमा गोलि चलाई थप आन्दोलित बनाएको छ ।
क्षेत्री,
ब्रहमण, थकुरी लगायतका ११ जातजातिले जातीय संघीय राज्य विरुद्ध लगातार
जिल्ला, क्षेत्र बन्द गर्दे हिजो र आज नेपाल बन्द गरिरहेका छन् ।
आदिवासी जनजातिले पनि यहि जेष्ठ ७, ८ र ९ गते जातीय राज्यको माग गर्दै तीन दिन नेपाल बन्द घोषणा गरिसकेका छन् ।
जातीय, भाषीय र क्षेत्रीय प्रदेश बनाउने पार्टीको गैर जिम्मेवारी,
अदुरदर्शीको कारण हरेक क्षेत्रमा द्वन्द्ध निम्त्याइरहेको छ ।
संक्रमणकालको यो स्थितिमा राजनैतिक दलहरुले जनताप्रति जिम्मेवार भएर सोच्नु
र वोल्नु पर्दछ । भोलि संघीय राज्य घोषित हुंदा पनि सवै जनताको भावना
समेत्न सकेन भने विकराल समस्या आउने आज यो घटनाले संकेत दिएको छ ।
त्यसैले राम्रो विचारको सवैले राम्रो हो सहि हो भनेर स्विकार मनन गर्न सकेन भने विदेशी प्रभुको प्रभाव अझ फैलिनेमा शंका छैन ।
अव बन्ने संविधान आफ्नै खुट्टामा उभिएको संविधान हुनुपर्दछ ।
आत्मनिर्भरको संविधान भनेको प्राकृतिक स्रोत साधन र भौगोलिक विविधतामा
अडेको नेपालको हिमाल पहाड र तराई समेतिएको संविधान हो । जहा“ हामी हिजो पनि
एक आपमा मिलिजुली काम गरिरहेका थियौं ।
No comments:
Post a Comment