वर्ष ९ अंक ८ (२०६९ जेठ १२ गते शुक्रबार प्रकाशित)
प्रेसमाथि आक्रमण निन्दनीय
आदिवासी जनजाति महासंघको आह्वानमा भएको तीन दिने आम हड्तालमा प्रेसमाथि वर्वर आक्रमण भयो ।
बन्दका दिनमा विद्युती संचार टि.भि. च्यानल र पत्रकार कुटिए भने सवारी तोडफोडदेखि खरानी समेत बनाए ।
पत्रकार र टि.भि. च्यानलले खबर नलेखेको, नदेखाएको निहुले मात्र यस्तो
आक्रमण भएको पक्कै होइन । यो आक्रमण पुरनो रिसइवीले काम गरेको छ भने दोस्रो
आन्दोलनकारीको बदनाम गर्न चालेको कदम हो ।
आन्दोलनकारीका कोही
नेताहरुले अखण्ड, पश्चिमको देखाउन सक्नेले काठमाडौंको किन देखाउन सकेन,
सकारात्मक कुरा भन्दा पनि नकारात्मक कुार बढी देखायो, आदि इत्यादि
अभिव्यक्त दिए ।
पत्रकार राष्ट्रको चौंथो अङ्ग हो । पत्रकारहरु
आस्थाको आधारमा पत्रकारिता गरेको हुन्छ । जसले जस्तो कार्यक्रम गरियो त्यो
खोजी खोजी देखाउनै पर्दछ भन्ने बाध्यता छैन ।
पत्रकारको काम देश र
जनताको दीर्घकालसम्म पर्न सक्ने नकारात्मक कुराको समाचार सम्प्रेशन गर्दैन
। यो पत्रकारको धर्म पनि होइन । देश र जनतालाई नकारात्मक प्रभाव पार्ने
समाचार निस्तेज पार्नै पर्दछ । देश र जनतालाई सुसुचित गर्ने समाचारलाई
प्राथमिकता दिनुपर्दछ ।
देश र जनताको हितमा कार्य गर्दा पनि,
संचार माध्यम पुगेरपनि समाचार नदिएको अनगिन्ति उदाहरणहरु छन् । समाचार
नदिएकै निहुमा पत्रकारमाथि आक्रमण गर्नु मूर्खता हो । सुरुमा जोशमा होस्
गुमेपछि बन्दको क्रममा कारवाही ठीक भन्नेहरु पनि अन्ततः माफ माग्न बाध्य
भयो ।यसले के देखायो भने घटना घटाउने पछि पछुताउने भयो ।
यस्तो चरित्रले न आन्दोलनकारीको हित हुन्छ नत जनताको नै नत पत्रकारको नै ।
अधिकारको लागि सबै कार्यक्रम गर्ने स्वतन्त्र अधिकार छ । आफ्नो अधिकार
प्राप्तिको लागि बहुसंख्यकको अधिकार माथि आघात गर्नु ठीक छैन ।
बन्दको क्रममा प्रेसमाथि गरिएको आक्रमण निन्दनीय छ ।
No comments:
Post a Comment