वर्ष ९ अंक ७ (२०६९ जेठ ५ गते शुक्रबार प्रकाशित)
सुकुम्बासीलाई चोभारमा ठाउँ छैन
एमाओवादी र एमालेको भोट बैंकको रुपमा लिइने सुकुम्बासीहरुको बस्ति थापाथली
अहिले उजाड बनेको छ । घरटहरा भल्काउँदा पनि अहिले सुरुको बसाई झैं पाल टाँगेर बसेका छन् सुकुम्बासीहरु ।
सरकार र सरकारकै नेतृत्वमा गठित नगर विकास प्राधिकरणको हचुवा ढंगले विकल्प नखोजी सुकुम्बासी उठीबास समस्या माथि समस्या भएको छ ।
सरकार र प्राधिकरण, उठिबास सुकुम्बासीलाई कीर्तिपुर नपा वडा नं. १४
चोभारस्थित हिमाल सिमेन्ट कारखानाको खाली जग्गामा अस्थायी बसोबास गराउने
निर्णय सहित सुकुम्बासीलाई सान्त्वना दिएका छन् ।
तर
कीर्तिपुरवासी विशेषगरी चोभारवासी सुकुम्बासीली ठाउँ दिन सक्ने स्थिति छैन ।
कारण चोभारवासी आफै हिमाल सिमेन्ट स्थापना गर्दा २०२३ सालदेखिनै
जग्गावीहिन भई पीडित थिए ।
सिमेन्ट कारखाना बन्द सँगै भूमि फिर्ताको माग गर्दै सर्वोच्चमा परेकको रीत विचाराधिन अवस्था छन् ।
अधिल्लो सरकारका ग्ल् पार्क बनाउने निर्णयलाई कार्यान्वयन गर्न INGO को प्रभावमा परेर सुकुम्बासीलाई विच्चली पारेको भन्दा फरक छैन ।
सरकार आफै विदेशीको दलाल भएर काम गरिरहेको छ । संविधान र संघीय राज्यको
स्वरुप आउनेबेलामा सबैको ध्यान अन्यत्र मोड्न यो प्रयास हो ।
हिमाल सिमेन्ट र त्यस अन्तर्गत रहेका खाली जग्गामा स्थानीयबासीले पर्यापर्यटन विकास गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ ।
सरकारको सोच हिमाल सिमेन्ट कारखानाको जग्गामा सुरुमा थापाथली, पछि मनोहरा,
सिनामंगल, बल्खु, टेकु लगायतका सुकुम्बासीलाई सार्ने तयारी गरिरहेका छन् ।
कीर्तिपुरको सुन्दर ठाउँमा कीर्तिपुरको लागि नै जग्गा नुपगिरहेको समयमा सरकारले आँखा गाड्ने काम तुरुन्त रोक्नु पर्दछ ।
स्थानीयवासी, कीर्तिपुर क्षेत्रमा क्रियाशील राजनैतिक दल, नागरिक समाज र कीर्तिपुर नगरपालिकाले संवेदशील भइ सचेत हुनु जरुरी छ ।
No comments:
Post a Comment