वर्ष ९ अंक १४ (२०६९ असार २२ गते शुक्रबार प्रकाशित)
मलको मनपरी रेट र हाहाकार
नेपाल सरकार कृषि सामग्री केन्द्र सहजढंगले मल दिन असफल भएका छन् । हजारौं
जनता केन्द्रमा गए पनि ६ देखि ८ घण्टा लगाएर एक दिन कुपन दिने र अर्को दिन
३–४ घण्टा लाइन बसेपछि मात्र एक बोरा मल पाइने गरेको छ ।
केन्द्रमा मल एकबोराको १ हजार २२ रुपैंयामा पाइन्छ भने गाडी भाडा तिरी समेत
बढीमा ११ सय लाग्दछ भने त्यही सुविधाको मल सहकारी मार्फत लिंदा बोराको
रु.१३५०।– तिर्नुपर्ने बाध्यता भएको छ । अझ कृतिम अभाव सिर्जना गरी बोराको २
देखि ३ हजारसम्म पनि मनपरी रेट राखेको किसानहरुले दुखेसो पोखेका छन् ।
देशको मुख्य अन्नबाली धान रोप्ने समयमा किसानहरु महङ्गोमा मल किन्न बाध्य
छन् । देशमा बार्षिक ७ लाख मेट्रिक टन आवश्यक रहेको कृषि सामग्री केन्द्र
बताउँछन् तर सरकार २ अढाई लाख मेट्रिक टन मात्र मल भित्र्याउनुको कारण मलको
हाहाकार भएको स्विकार्छन् केन्द्रका महानिर्देशक ।
मलमा मत्र
बर्षको २० अर्व रुपैयाँको मल चाहिन्छ । हरेक एक अर्वमा १५ करोड रुपैयाँको
कमिसन पाउँछ । जसको कारण सरकारले समयमै मलको बन्दोबस्त नगरेको हो ।
देशमा नै रासायनिक मल कारखाना खोली बर्षेनी २० अर्व रुपैयाँ बाहिरिनलाई रोक्न सरकारले ध्यान दिएको छैन ।
मल कारखाना खोल्न नेमकिपाका प्रतिनिधिमण्डलले सरकार र कृषि मन्त्रीलाई
बारम्बार घचघच्याइरहेको छ । छिमेकी राष्ट्र चीन सरकार नेपालमा मल कारखाना
खोल्न तयार रहेको र नेपालबाट त्यसको लागि आवश्यक वातावरण बनाउन तयार
हुनुपर्दछ ।
पेट्रोलियम पदार्थमा भारतको एकाधिपत्य गरेर हाहाकार
गरेजस्तै मलमा पनि भारतकै एकाधिकार कायमै गरेको छ । त्यसकारण देश र
जनताप्रति सेवामा लाग्ने हो भने कमसेकम मलको सहज उपलब्ध गराउनुप¥यो कित
देशमै मल कारखना खोल्न आँट गर्नु प¥यो ।
No comments:
Post a Comment