वर्ष ९ अंक १३ (२०६९ असार १५ गते शुक्रबार प्रकाशित)
कालोपत्र गर्न असार कुर्नुपर्ने
नेपालको आर्थिक बर्ष समाप्तिको महिना भनेको असार महिना हो । असारको अन्तिम हप्ता नयाँ आर्थिक नीति र बजेट पेश हुने गर्दछ ।
आर्थिक बर्ष समाप्ति संगै देशमा बचेका ढुकुटी खर्च गर्न दौडधुप हुन्छ ।
फ्रिज नहुने बजेट रकम स्वतः रुपान्तरण हुने तर फ्रिज हुने पैसा जसरी भए पनि
सिध्याउनै पर्दछ । अरु भैतिक निर्माणमा प्रयोग गर्दा समयमै कार्य सम्पन्न
नहुने भएकोले होला प्राय बजेट रकम सडक बाटोमा खर्च गरेको देखिन्छ । अहिले
देशभरकै सदरमुकाम, शहरमा नयाँ पिच या प्याचिङ भैरहेको छ ।
कीर्तिपुर नगरपालिकाका सडकहरु पनि अहिले कालो पत्र, प्याचिङ या नयाँ पिचले गर्दा ब्यस्त छन्।
असार महिना बर्षादको महिना भएकाले पिच गर्दा राम्रो नहुने सडक विभागका
इन्जिनियरहरु बताउनु हुन्छन् तर सरकारको नीति स्थानीय सरकारको ढिलासुस्तिले
हरेक बर्ष कालो पत्रे काम असारनै कुर्नुपर्ने ।
कीर्तिपुर नपाका
प्राविधिक प्रमुख बालकृष्ण महर्जन प्रक्रियामा लाग्दा लाग्दै नै ढिलामात्र
बजेट निकास हुने भएकोले यस्तो गर्न वाध्य भएको बताउनुहुन्छ ।
कालोपत्र मात्र गर्दा पानीले चाडै विग्रिने भएकाले नपाको प्रमुख भागहरु ढलान गर्ने गरेको बताउनुहुन्छ ।
यो बर्ष गरेको प्याचिङ र कालोपत्र अर्को बर्ष होइन केही महिनामै विग्रेका धेरै उदाहरण छन् ।
फेरि अर्को बर्षपनि त्यहि पुरानै सडकमा कालोपत्र र प्याचिङ गर्न सडक
विभाग, ठेकेदार र सरकार सक्रिय हुनेछन् । कमसेकम सडक विभाग, ठेकेदारले मेरो
गाउ“ शहर एकपटक बनाइ सकेपछि १०–१५ बर्ष नविग्रिने गरि बनाउने तिर
लाग्नुपर्ने देखिन्छ ।
No comments:
Post a Comment