वर्ष ९ अंक १२ (२०६९ असार ८ गते शुक्रबार प्रकाशित)
२७ दलको आन्दोलन
संविधान सभा विघटन पछि सत्तासिन बाबुराम भट्टराईको राजीनामा माग गर्दै
नेकपा एमाले, नेपाली काँग्रेस लगायत २७ राजनैतिक दलले सडक आन्दोलनको घोषणा
गरेका छन् ।
असार ५ गतेबाट २५ गतेसम्म पहिलो चरणको आन्दोलनको
क्रममा मन्त्रीहरुलाई कालो झण्डा देखाउने, मसाल जुलुस, कोण सभा, विरोध सभा
रहेको छ । त्यसक्रममा ब्राजिलमा हुने सम्मेलनमा भाग लिन गएका प्रम
भट्टराईलाई असार ५ गते अन्तर्राष्ट्रिय विमानस्थलमै कालो झण्डा देखाए ।
देशका प्रमुख दलहरु समेतको यो आन्दोलन राजीनामा र सत्ताको खेलको लागि
मात्र भएको आम जनताले लिएका छन् । जसको कारण जनता सहभागी हुने वातावरण
आन्दोलनरत दलले गरेको छैन । हिजो संविधानसभा विघटनको प्रमुख जिम्मेवारसमेत
बोकेका एमाले, काँग्रेस, मधेसी दल समेत भएकोले आन्दोलनप्रति जनताले खासै
चासो लिएको देखिँदैन । यदि २७ राजनैतिक दलले आन्दोलनलाई अगाडि बढाउने हो
भने सर्वप्रथम संविधानसभा विघटनको गल्ती स्वीकार गर्दै आम जनता समक्ष माफी
माग्नु पर्दछ, दोस्रो आन्दोलनरत दलले असंवैधानिक सरकारको राजीनामा सँगै
जनताको जनजिविकाको सवालमा लिएर आन्दोलनलाई अगाडि बढाउनु पर्दछ ।
तेस्रो कथमकदाचित सरकार सडक आन्दोलनबाट ढल्यो भने जनताको निम्ति के कस्तो
कार्य गर्ने हो अहिले नै प्रतिबद्धता व्यक्त गर्नु पर्दछ । अबको
प्रतिवद्धता हिजोको जस्तो फुस्रो प्रतिवद्धता दिएर जनता ढा“ट्न पाईंदैन ।
तब आन्दोलनले गति लिन सक्ला र आन्दोलन सफलतामा पुग्न सकिन्छ ।
No comments:
Post a Comment