वर्ष ९ अंक ११ (२०६९ असार १ गते शुक्रबार प्रकाशित)
एसएलसी उत्तीर्णलाई बधाई
प्रवेशिका परीक्षा २०६८ को नतिजा बुधबार सार्वजनिक गरियो । सर्वप्रथम उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई हार्दिक बधाई छ ।
उत्तीर्ण गराउन सफल विद्यालय, शिक्षक र अभिभावकलाई पनि हार्दिक बधाई छ ।
१० बर्ष सम्म विद्यालयको एउटै कोठामा रहेर अध्ययन गरेर एक बर्ष १० कक्षाको परीक्षा दिएपछि विद्यालय जीवन अन्त्य हुने गर्दछ ।
सफल विद्यार्थीको लागि उच्च शिक्षा हासिल गर्न नया“ ढोका खुल्ला भएको छ ।
अब उच्च शिक्षा कुन विषय पढ्ने भन्नेबारे अन्यौलमा विद्यार्थीहरु रहनु
स्वभाविक छ ।
शिक्षा हासिल गर्नु कुनै पनि विषय सानो हुने
गर्दैन र हरेक बिषयको महत्व गहन छ । त्यसैले विद्यार्थी भाइबहिनीहरुले उच्च
शिक्षाको बिषय छनौट गर्दा आफ्नो अध्ययन क्षमताले दिए अनुसार विषय छनौट
गर्दा राम्रो हुनेछ ।
समय आउँछ पर्खिंदैन भने जस्तै उच्च शिक्षा
अध्ययन गर्दा शुरुमा देखासिकीमा आफ्नो क्षमता भन्दा बाहिर गई अध्ययन गर्दा
असफल भएपछि पछि पछुताउनुपर्ने हुन सक्दछ । त्यसैले समयमै उचित बिषय छान्ने
र त्यसलाई राम्रो मिहेनत गरी अध्ययन गरी भोलि दक्ष बिशेषज्ञ बन्ने इच्छा र
मनोकांक्षा राख्नु जरुरी छ ।
अभिभावक, आ–आफ्नो छोरा÷छोरी
भविष्यमा राम्रो होस् भन्ने चाहना राख्नु स्वभाविक हो । त्यो चाहना पुरा
गर्न अभिभावक आफै विषय छनौटप्रति कति जागरुक छन् त्यसमा पनि भर पर्दछ ।
अभिभावकले पनि आप्mना नानीहरुको चाहना र क्षमता शक्तिको आधार भन्दा बाहिर
गएर विषय रोज्न बाध्य गर्नुहुंदैन ।
को विद्यार्थी कुन स्तरको छ
भन्ने मूल्याड्ढन विद्यालयबाट मात्र गर्न सक्दछ त्यसैले बिषय छनौटको
मार्गदर्शन विद्यालयले दिइदा राम्रो हुने देख्दछ । खयर उत्तीर्ण
विद्यार्थीहरुले उच्च शिक्षामा सफलता प्राप्त गर्न सकोस् भनी शुभकामनाका
साथ पुनः बधाई छ ।
No comments:
Post a Comment