वर्ष ९ अंक १० (२०६९ जेठ २६ गते शुक्रबार प्रकाशित)
सन् २०१७ सम्म सवैको घरमा चर्पी
नेपाल सरकार खानेपानी तथा ढल निकास विभाग वातावरणीय सरसफाईले सन २०१७ सम्म
सवैको घरमा चर्पी पुर्याउने हामी सवैको साझा अभियान नाराका साथ पूर्ण
सरसफाई अभियान संचालन गरेका छन् ।
विभागले दिएको जानकारी अनुसार
हाल नेपालमा ४३ ्रप्रतिशत घरधुरीको सरसफाइमा पहुँच रहेको छ । बाँकी ५७
प्रतिशत घरधुरी सरसफाइमा पहुंच भन्दा बाहिर छन् ।
नेपालमा शहरी क्षेत्र पनि खुल्ला दिसामुक्त हुन सकेको छैन । ५७ वटा नगरपालिका, ७५ वटा
गाविस र ४४ सय वटा गाविसमाको चाहना कहै कतै फोहोर नहोस् सवैमा चर्पीको
चाहना भएपनि पुरा भएको छैन ।
त्यसको लागि सम्बन्धित नपा , जिल्ला र गाविसले खुल्ला दिसामुक्त क्षेत्र घोषणा पनि कागजमै सिमिति भएका छन् ।
सवै नेपालीमा सर्वप्रथम सवै घर परिवार द्वारा चर्पीमा सुरक्षित रुपमा
दिसा विसर्जन गर्ने प्रचलन बन्द हुंदैन तवसम्म पानीका मुहान सुरक्षित
हुनसक्दैन । चर्पी भएकाहरुले पनि अरुलाई चर्पी बनाउने अभिप्रेरित गर्नु
जरुरी छ भने अर्कोतर्फ सरसफाइ र सम्बन्धित जन चेतनामुलक विभिन्न तौर
तरिकाले गर्नु जरुरी छ ।
जसरी हातधुने अभियान गरी एउटा राम्रो
सन्देश समाजमा दिएको छ त्यसरी नै सरसफाइ र खुल्ला दिसामुक्त गर्न राज्य
स्थानीय सरकारले विशेष पहल गर्नुपर्दछ र पहुँचबाट बाहिर रहेका समुदायको
लागि सामुदायिक चर्पी साथै ब्यक्तिगत रुपमा पनि प्रत्येक घरधुरीले आर्थिक
सहयोग समेत गरेमा सन २०१७ (वि.सं. २०७४) सम्मा खुला दिसामुक्त बन्ने छ ।
No comments:
Post a Comment