वर्ष ९ अंक १५ (२०६९ असार २९ गते शुक्रबार प्रकाशित)
माओवादीको अंशबन्दा गर्न कार्यदल
देशको पार्टीमध्ये धनी कम्युनिष्ट पार्टी एकीकृत नेकपा माओवादी मनि शाहको
मातृका यादवको विभाजनपछि मोहन वैद्य (किरण) पनि बाहिरिए नेकपा माओवादी
नामले पुरानो नामले नयाँ पार्टी गठन भएको झण्डै महिना पुगेको छ ।
मनि शाह र यादवले पार्टीका केही नेता र कार्यकर्तामात्र अंशबन्दा गरेर
तानेर लगे भने मोहन वैद्य किरणले अकुत सम्पत्ति र कार्यालय र भौतिक सामानको
समेत अंशबन्दा गर्ने भएका छन् ।
जसरी परिवारमा दाजुभाइको
अशंबन्दा हु“दा खेरी सिन्को समेत आधा आधा गर्ने गरी हुने बन्दा जस्तै
पार्टीभित्र पनि त्यसरी नै अशंबन्दा गर्ने मोहन वैद्य पक्षको माओवादी
लागेको छ ।
जिल्ला जिल्लामा कार्यालय बाबुराम, दाहाल र मोहन
वैद्य किरणको विवाद, केन्द्रमा पेरिस डा“डा कार्यालयनै भागबन्दा गर्ने
अभिव्यक्त र विवाद बढेपछि चार सदस्यीय अंशबन्दा समाधान कार्यदलले गठन गरेको
छ । जसमा दाहाल पक्षका कृष्ण बहादुर महरा र अग्नी सापकोटा वैद्य पक्षका
देव गुरुङ्ग र हितमान शाक्य रहेको छ ।
नेपालको इतिहासमै यो पहिलो घटना हुनुपर्दछ । पार्टी फुटपछि कार्यालय र सम्पत्तिको अशंबन्दा ।
देश र जनताप्रति विश्वासवाद, आत्समर्थन, भारतीय दलाल जस्ता राम वाण हानी
विभाजन भएको मोहन वैद्य किरण पक्षधर माओवादीले कम्युनिष्टको आचरण,
माक्र्सवाद, लेनिनवाद, माओत्सेतुङ्ग विचारधारा लैस भएर अगाडि बढ्न
सक्नुपर्दछ ।
नयाँ पार्टीको जन्मस“गै पुरानो आर्थिक संकलन काण्ड दोहोरिसकेको आम जनतालाई आभाष भइसकेको र भोगेको जन गुनासो आइरहेको छ ।
माओत्सेतुङ्ग नाममा खोलेको पार्टीले माओको बदनाम हुनेगरी माओवादी पार्टीले विचार गर्नै पर्दछ ।
माओले जनतालाई दुःख नदेऊ, जनतास“ग सियो र धागो समेत सित्तैमा नलेऊ, शिष्ट र
नम्र भएर बोल, बोलेको कुरा पुरा गर, बाली नबिगार, जनताबीच जाऊ र जनताको
सेवा गर भन्ने महानवाणीलाई आत्मसात गर्नै पर्दछ ।
नत्र यो नयाँ माओवादी पार्टी पनि एमाले, दाहाल कम्युनिष्ट नाम धारीको पार्टी मात्र हुनेछ ।
No comments:
Post a Comment