वर्ष ९ अंक १६ (२०६९ श्रावण ५ गते शुक्रबार प्रकाशित)
मलपोखरी सुन्दरीघाट र सुकुम्बासी समस्या
नेपाल सरकारले थापाथलीमा बस्दै आइरहेका सुकुम्बासीको घर टहरामा डोजर
लगाइसकेपछि पनि त्यहाँबाट सुकुम्बासी हटेका छैनन् । त्यहाँ अहिले पाल टाँगेर कष्टकर जीवन बिताइरहेका छन् । त्यसको समाधानको लागि सरकारले कहिले
चोभार हिमाल सिमेन्ट कारखानाको जग्गामा, कहिले सुन्दरीघाट सुलक्षण विहारको
खाली जग्गामा राख्ने प्रयास गरेको थियो । स्थानीयबासीले विरोध गरेपछि अहिले
सुन्दरीघाटस्थित ललितपुर जिल्लाको मलपोखरीको खाली जग्गामा राख्न प्रहरीको
२४ घण्टे सुरक्षा दिई टहरा बनाउने क्रम जारी छ ।
मल पोखरी
संरक्षण समितिले त्यटाँ सुकुम्बासी राख्ने भनेपछि ललितपुर जिल्ला बन्द
गरेका थिए । त्यसपछि पनि विभिन्न चरणका कार्यक्रम गरेपनि प्रहरीको
प्रशासनको आडमा टहरा निर्माण भैरहेकोले मलपोखरी संरक्षण समितिले प्रमको
ध्यान आकृष्ट गरी मंगलबार भेट गरेको थियो ।
प्रमले २४ घण्टेभित्र समय मागेपनि बुधबार जाँदा प्रमले समय नदिएको भन्दै पूर्व घोषित आन्दोलनका कार्यक्रम चालू गर्ने भएका छन् ।
सो मलपोखरीमा असुरक्षा, पानीको समस्या र बालबालिकाको लागि विद्यालय नभएको भन्दै सुकुम्बासी अझै बस्न चाहेको छैन ।
उता मलपोखरी संरक्षण आन्दोलनकारीले प्रहरी प्रशासनको पहरा चिर्दै आन्दोलन अगाडि बढाउन सकेको छैन ।
विरोध कार्यक्रममा आन्दोलनकारी घाइते हुनुपरेको छ । सरकारको अदुरदर्शी र
यूएनपार्क बनाउने नाममा हतारमा डोजर आतंकले सुकुम्बासी विचल्लीत छनै
सरकारको समेत टाउको दुखाई भएको छ ।
सुरु समयमै उचित व्यवस्था या
समाधान गरेको भए यस्तो समस्या आउने थिएन । अब सुकुम्बासीलाई उपत्यकामा कहीँ ठाउँ छैन भने आफ्नै जिल्लामा राम्रो व्यवस्था गरी रोजगार सहित आवासको
व्यवस्था गर्नुपर्दछ ।
No comments:
Post a Comment