Friday, January 18, 2013

सरकार गल्यो, ललितपुरबासी जित्यो

वर्ष ९ अंक १७ (२०६९ साउन १२ गते शुक्रबार प्रकाशित)

सरकार गल्यो, ललितपुरबासी जित्यो

    मलपोखरी संरक्षण संघर्ष समितिको आह्वानमा ललितपुरवासीको निरन्तर संघर्षबाट आखिरमा भट्टराई सरकारले निर्णय फिर्ता लिन बाध्य भयो ।
    थापाथलीबाट डोजर लगाई बिचल्ली परेका सुकुम्बासीलाई ललितपुर धोवीघाट सुन्दरीघाट स्थित मलपोखरी परिसरमा सरकारले प्रहरी प्रशासनको शक्ति प्रयोग गरी अस्थायी टहरा बनाएको थियो । जसको विरोधमा सुरुमै ललितपुरवासीले ललितपुर बन्द गरी चेतावनी दिएका थिए । त्यो बन्दलाई वास्ता नगरी सरकारले २४ सै घण्टा सुरक्षा दिई टहरा बनाउने काम पुरा गरेको थियो ।
    आन्दोलनकारीले सुन्दरीघाट पुलबाट टहरा भड्काउन थुप्रै प्रयास गरेका थिए । तर प्रहरीको लाठ्ठी चार्जबाट कोही सफल भएन । सरकार अतेर भई मसालजुलस र अन्य जुलसमा समेत दमन गर्यो । जसको विरोधमा अन्तिम लडाई साउन ६, ७ र ८ गते ललितपुर बन्द आह्वानले जवाफ दियो ।
     पहिलो र दोस्रो दिनको लगातार बन्दले सरकार आत्तिए र वार्ता बोलाउन बाध्य भयो ।
    आन्दोलनकारीहरुले तेस्रो दिनको बन्दलाई स्थगित गरेर ७ दिनको अल्टिमेटम सहित वार्ताको टेबुलमा बस्यो ।
    सरकारले मलपोखरी सुन्दरीघाट धोवीघाटमा राख्ने भनिएको सुकुम्बासी अस्थायी बसोबास नराखिने सहमति गरेर फक्र्यो आन्दोलनकारी । यसरी ललितपुरबासीले सरकारको गलत र अदूरदर्शी निर्णय विरद्ध जित्न सफल भयो ।
    जनताको अहित, जनताको चाहाना विपरीत कार्य गरेमा यसरी नै जनतासामु घुँडा टेक्नुपर्ने पाठ यो आन्दोलनले सिद्ध गरेको छ ।

No comments:

Post a Comment