Friday, January 25, 2013

नेमकिपालाई कोरियाली मजदुर पार्टीको शुभकामना सन्देश

वर्ष ९, अंक ४१ (२०६९ माघ १२ गते शुक्रबार प्रकाशित)

नेमकिपालाई कोरियाली

मजदुर पार्टीको शुभकामना सन्देश

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीको ३९ औं स्थापना दिवसको अवसरमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको सत्तारूढ पार्टी कोरियाली मजदुर पार्टीले बधाई तथा शुभकामना सन्देश पठाएको छ ।
    कोमपाको सन्देशमा भनिएको छ– ‘नेमकिपाको ३९ औं स्थापना दिवसको वार्षिकोत्सवका अवसरमा कोरियाली मजदुर पार्टीको केन्द्रीय समिति नेमकिपा केन्द्रीय समिति एवं त्यसका सम्पूर्ण सदस्य कामरेडहरूमा न्यानो बधाई एवं कामरेडेली अभिवादन व्यक्त गर्दछ ।
    तपाइँहरूको पार्टीले जनअधिकार र जनताको हितका निम्ति गरिरहेको गतिविधिको सफलताबाट हामी खुशी छौं ।
    आगामी दिनहरूमा हाम्रो दुई पार्टीबीचको मित्रवत समबन्ध थप प्रगाढ बन्दै जानेमा हामी विश्वस्त छौं ।
    यस अवसरमा हामी तपाईँको पार्टीको गतिविधिको सशक्तिकरण, पार्टीको विकास र नेपाली समाजको प्रगति होस् भनी कामना गर्दछौं ।’
    त्यस्तै नेपालस्थित प्रजग कोरियाली राजदूतावासले यसै अवसरमा नेमकिपालाई एक सन्देशमार्फत् बधाई एवं शुभकामना सन्देश पठाएको छ । सन्देशमा यसलाई कोरियाली राजदूतावास र नेमकिपा केन्द्रीय समितिबीचको मित्रवत सम्बन्ध थप प्रगाढ हुने अवसरका रूपमा लिएको दूतावासले उल्लेख गरेको छ ।

No comments:

Post a Comment