वर्ष ९, अंक ४१ (२०६९ माघ १२ गते शुक्रबार प्रकाशित)
छैटौं जनसाहित्य सम्मेलनको तयारी सुरु
काठमाडौं । जन साहित्य समाज टोखाले छैटौं जन साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम यसवर्ष टोखाको तपालाछी टोलमा गर्ने जनाएको छ ।
समाजले ६ वर्षदेखि प्रत्येक फागुन ७ गतेका दिन टोखाका विभिन्न स्थानमा जनसाहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । स्थापित र नवोदित साहित्यकारहरुको जमघट हुने सम्मेलनमा प्रतियोगी साहित्य सर्जकहरुलाई कथा, कविता तथा निबन्ध विधामा पुरस्कृत गर्ने गरिन्छ ।
यस वर्षकोृ सम्मेलनमा पनि पहिलेझैं देशका लेखक, बुद्धिजीवी, वकिल, प्राध्यापक, राजनीतिज्ञलगायतले सम्बोधन गर्ने समाजका अध्यक्ष शैलेन्द्र डंगोलले बताउनुभयो ।
सम्मेलनको प्रचारप्रसार, आर्थिक सहयोग संकलन, साहित्य संकलन र सांस्कृतिक विधा तयारीका निम्ति उपसमितिहरु गठन भएको बताइएको छ ।
समाजले सम्मेलनमा सहभागी हुने साहित्य सर्जकहरुसित माघ २५ गतेभित्र रचना बुझाइदिन अनुरोध गर्दै बाल विकास क्लव टोखा, मनमैजू बुक्स एण्ड स्टेशनरी ठमेल, काठमाडौं, भक्तपुरमा नेमकिपा कार्यालय, गोलमढीमा रचना बुझाउन सकिने बताएको छ ।
त्यस्तै सम्मेलनको तयारीका क्रममा प्रत्येक महिनाको १५ गते साहित्य गोष्ठी हुँदै आएको तथा प्रचारका क्रममा विभिन्न खेलकुद प्रतियोगितासमेत हुने जानकारी दिइएको छ ।
जनसाहित्य समाजले यसपटक साहित्यिक संकलन ‘जन साहित्य’ प्रकाशन गर्ने तयारी गरिरहेको समाजका अध्यक्ष डंगोलले बताउनुभयो ।

No comments:
Post a Comment