Friday, January 4, 2013

नेपाली समाज र महिला हिंसा

नेपाली समाज र महिला हिंसा

—  श्रीराम कासिछ्वा (आवाज)

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)
    नेपाली समाजमा एउटा भनाइ प्रचलित छ ‘नारी र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् ।’ नारी र पुरुष कुनै एकको अभावमा समाज अपूर्ण हुन्छ । नारी संसारको सृष्टिकर्ता हुन् । नारीविनाको संसार कल्पना गर्नु त मूर्खता हुन्छ । किनकि नारी भनेकी जननी हुन् । त्यसैले समाज निर्माणमा नारी र पुरुष दुवैको अहम भूमिका रहन्छ ।
    समाज परिवर्तनशील छ । परिवर्तनशील समाजसँगै मानिसका सोचाइ, व्यवहार र आनीबानीमा समेत परिवर्तन हुनु जरुरी छ । परिवर्तनशील समाजले नै भविष्य निर्धारण गर्दछ । तर अझैसम्म पनि हाम्रो पुरानो सोचाइमा परिवर्तन भएको देखिँदैन । आजको २१ औं शताब्दीमा पनि समाजमा रुढीवादी, छुवाछुत, जातपात इत्यादि व्याप्त छ । त्यस्तैको एक रुप हो महिला हिँसा ।
    महिला हिँसा जघन्य अपराध हो । नेपाली समाजमा महिला हिँसाले जरा गाडेको कुरा यी घटनाबाट पुष्टि भएको छ र सञ्चार माध्यममार्फत् हामीले सुन्ने र देख्ने गरेका छौं । हालै हाम्रै देशको बर्दियामा जलाइएकी शिवा हासमीको कुराले नेपाली समाज यतिखेर लज्जित छ । यो एउटा प्रतिनिधि घटनामात्र हो । यस्ता अनेकन घटनाहरू समाजमा घटिरहेका छन् । आखिर किन त यस्ता घटनाहरू भइरहेका छन् ? कहिले दाइजो नल्याइएको निहुँमा त कहिले छोरी पाएको निहुँमा महिलाहरू घरेलु हिँसाबाट पीडित छन् । यतिमात्र कहाँ हो र ? महिलाहरू सार्वजनिक यातायातका साधनका समेत दुव्र्यवहारको सिकार बनिरहेका छन् । गत साता मात्रै हाम्रै छिमेकी राष्ट्र भारतमा सामूहिक बलात्कारको सिकार भएकी छात्राको उपचारको क्रममा सिंगापुरमा मृत्यु भएको छ । यसरी हेर्दा महिला हिँसा नेपालको मात्र नभई दक्षिण एसियामा नै डरलाग्दो स्थिति छ ।
    महिलाहरू समाजमा शारीरिक र मानसिक हिंसाबाट प्रताडित छन् । महिलाहरूलाई खाली घरायसी कामकाजमा मात्र सीमित रहेकोले यस किसिमको घटना बारम्बार भएको हो । अध्ययनले के देखाउँछ भने हाम्रो समाजमा खासै सामाजिक रुपान्तरण भएको देखिंदैन । साथै महिलाले पनि आफूमाथि भएको दुव्र्यवहार र ज्यादतीबारे खुलस्त हुन सकेको छैन । फलस्वरुप यसले महिला हिंसालाई मलजल पुगेको छ । त्यसैले समाजमा महिलाहरूको अवस्था क्रमशः दयनीय बन्दै गइरहेको छ ।
    महिला हिँसा समाजिक विकृति हो । यसलाई रोक्नु सामाजिक दायित्व हो । त्यसैले समाजमा सचेत मानिसहरू जागरुक हुनु अत्यन्त आवश्यक छ । एउटा भनाइ पनि छ ‘परिवारमा महिला शिक्षित भएमा सिङ्गो परिवार नै शिक्षित हुन्छ’ तसर्थ महिला हिँसा रोकथाम गर्न सर्वप्रथम महिलाहरू शिक्षित हुनुपर्छ । वि.सं. २०६८ सालको जनगणनाअनुसार नेपालमा ५७.४ प्रतिशत महिलाहरू साक्षर रहेको तथ्याङ्कले जनाउँछ । यसअघिको जनगणनामा भने ४२.८ प्रतिशतमात्र महिलाको साक्षरता रहेको छ । यसरी हेर्दा महिला साक्षरता दर बढेको देखिन्छ । तर पुरुषको दाँजोमा भने यो कम नै छ । महिलाले देशको आधा हिस्सा ओगटेको छ । त्यसकारणले नेपाली समाजमा महिला जागरण अत्यावश्यक भइसकेको छ । यसको लागि नारी र पुरुष दुवैलाई बराबरीको दर्जा दिनुपर्छ । महिला र पुरुषबीचको भेदभावलाई अन्त्य गर्नुपर्छ । साथै महिला र पुरुष दुवैले एकले अर्कोलाई सम्मान गर्ने बानी बसाल्नुपर्छ यस्तो परिस्थितिमा महिला सशक्तीकरण अत्यावश्यक भइसकेको र किनभने यस किसिमको हिँसाले सिङ्गो समाजलाई नै आक्रान्त पारेको छ । महिला हिँसामा सहयोगी जोकोहीलाई पनि राज्यले दण्डित गर्नुपर्छ । सजाय तोक्नुपर्दछ । दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ । विभिन्न किसिमका महिला संघ, संगठन र अधिकारकर्मीले पनि आवाज उठाउनुपर्छ । महिलालाई हरेक क्षेत्रमा समान सहभागीता गराउनुपर्छ । अनि मात्र महिला हिँसा नियन्त्रण गर्न सकिन्छ । त्यसैले सुन्दर समाज र नयाँ नेपाल निर्माणका लागि महिला सशक्तीकरण र जागरुक हुनुपर्छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
    AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete