Thursday, January 17, 2013

प्रधामन्त्रीको श्राद्ध

वर्ष ९, अंक ४० (२०६९ माघ ५ गते शुक्रबार प्रकाशित)

प्रधामन्त्रीको श्राद्ध

    धादिङ । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्तहरुलाई जोगाउन खोजेको भन्दै धादिङ्गका पत्रकारहरुले माघ २ गते प्रधानमन्त्री डा. बाबुराम भट्टराई र महान्यायधिवक्ता मुक्ति प्रधानको श्राद्ध गरेका छन् ।
    प्रेस चौतारी नेपाल र प्रेस युनियन धादिङ्गको संयुक्त आयोजनामा सदरमुकाम धादिङबेसीस्थित पुछारबजारबाट जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेका पत्रकाहरुले निषेधित क्षेत्र तोड्दै जिल्ला प्रशासन कार्यालयभित्रै प्रधानमन्त्री र महान्यायधिवक्ताको श्राद्ध गरेका हुन् ।

No comments:

Post a Comment