Friday, January 4, 2013

अब बिरामीले निःशुल्क रगत पाउने

अब बिरामीले निःशुल्क रगत पाउने

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)
     काठमाडौं । अब निःशुल्क रक्तदान भएजस्तै निःशुल्क रुपमा रगत पनि पाइने भएको छ ।  नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रहरुले निःशुल्क रुपमा प्राप्त भएका रगत भण्डराणलगायत अन्य प्राविधिकमा भन्दै हाल प्रतियुनिट रु.५१०।– लिँदै सम्बन्धित बिरामीलाई सिफरिसका आधारमा वितरण गरिराखेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तदाताहरुबाट निःशुल्क रुपमा प्राप्त भएका रगत बिरामीले पनि निःशुल्क पाउन भन्नाका लागि पहिलोपटक नीतिगत  व्यवस्था गर्न लागेको हो ।
    मन्त्रालयका चिकित्सा महाशाखका प्रमुख एवम् कामु सचिव प्रा.डा. तीर्थ प्रसाद बुर्लाकोटीले ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) को १६ औं साधारण सभाको उद्घाटन गर्दै छिट्टै नीतिगत व्यवस्था गरिने जानकारी दिनुभयो ।
    मन्त्रालयले वि. सं. २०४८ सालबाट ब्लड बैंक सञ्चालनको जिम्मा नेपाल रेडक्रस सोसाइटीलाई दिएको थियो । भनेका समयमा बिरामीले खोजेको रगत नपाउने, निःशुल्क रुपमा प्राप्त भएका रगत पनि शुल्क तिरेरमात्र बिरामीले लिनुपर्नेजस्ता कारणले रेडक्रसलाई दिएको सो जिम्मेवारी पुनः सरकारले लिने तयारी पनि गरिराखेको  छ ।
    ‘ब्लड बैंक सरकार आपैmले सञ्चालन गर्नुपर्छ भन्ने कुरामा मन्त्रालय सहमतिमा पुगिसकेको छ ।’ कामु सचिव प्रा डा. बुर्लाकोटीले भन्नुभयो ।
    सोसाइटीका अनुसार ब्लड बैंकमा रगत संकलन तथा वितरणका लागि हाल बर्षेनी सात आठ करोड रुपैयाँ खर्च भइराखेको छ । रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) मा गत वर्ष एक लाख ७७ हजार १९५ यनिट रगत संकलन भएको थियो ।
       हाल देशका ६२ जिल्लाका ८५ स्थानमा रक्तसञ्चार सेवा केन्द्र संचालनमा रहेका छन् ।
    नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले रक्तसञ्चार सेवा केन्द्र सवै जिल्लामा पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
    सो अवसरमा सचिव प्रा.डा. बुर्लाकोटीले रक्तसञ्चार सेवा केन्द्रका कनिष्ट जनसम्पर्क अधिकृत डिल्लीराज अधिकारी, सहायक प्राध्यापक रजनी श्रेष्ठ र सन्त निरंकारी मण्डललाई सम्मान गर्नुभएको थियो ।
    ब्लोदानका अध्यक्ष महेन्द विलास जोशी र महासचिव सानुबाबु प्रजापतिले आगामी चैत १६ र १७ गते पहिलो ब्लड डोनर्स सम्मेलन आयेजना गर्न लागिएको जानकारी दिनुभयो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
    AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete