वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)
सातगाउँले जात्रा अभिलेखीकरण छलफल
कीर्तिपुर । कीर्तिपुर लगायत काठमाडौंको दक्षिण पश्चिम भेगका गाउँहरुमा मंसिर महिनामा हुने प्रख्यात ऐतिहासिक सात गाउँले जात्राको महत्वलाई जगेर्ना गर्न अभिलेखीकरण गर्ने पहलका लागि “कफी गफ” नामक कार्यक्रमको आयोजना गरी छलफल भएको छ । “कफी गफ” कार्यक्रम अन्तर्गत यो पहिलो कार्यक्रम हो । हरेक २ महिनामा कीर्तिपुर क्षेत्रका विविध विषयलाई समेटेर “कफी गफ” कार्यक्रमको आयोजना संचालन गर्ने जानकारी रबिन्द्र बहादुर प्रधानले दिनु भयो । माघ ३ गते विहान कीर्तिपुर हिलसाइड होटल एण्ड रिसोर्टमा सम्पन्न छलफलमा कीर्तिपुर, पाँगा, नगाउँ र मच्छेगाउँका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कीर्तिपुर क्षेत्र पर्यटन विकास समाजका सह–कोषाध्यक्ष रबिन्द्र बहादुर प्रधानले सहजकर्ताको भूमिका निभाउनु भएको उक्त कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य एवं प्राज्ञ राम कृष्ण दुवालले सात गाउँले जात्राको ऐतिहासिक र सांस्कृतिक पक्षको जगेर्ना गर्न र अभिलेखीकरण महत्व बारेमा धारणा राखी सुरु भएको छलफलमा कीर्तिपुर सांस्कृतिक जात्रा पर्व व्यवस्थापन समितिका अध्यक्ष टिकाराम महर्जन, मच्छेगाउँ विकास कोषका अध्यक्ष सुरेन्द्र के.सी., देव कुमार देसार, संस्कृति विषयका अध्ययेता बज्रमुनी बज्राचार्य, कर्ण महर्जन, कीर्तिपुर क्षेत्र पर्यटन विकास समाजका अध्यक्ष विजय कुमार महर्जन, महासचिव बिरेन्द्र शाक्य, भेलु जात्रा खलः गुठीका नन्द लाल महर्जन, नेपाल मण्डल टेलिभिजनका प्रताप महर्जन, रुपेन्द्र महर्जन, कीर्तिपुर कीर्ति अध्ययन तथा अनुसन्धान मण्डलका अध्यक्ष प्रयाग मान प्रधान र कीर्तिपुर दीखु विकास समितिका संयोजक वीर बहादुर महर्जनको सहभागिता रहेको थियो ।
छलफलमा सहभागीहरुले सात गाउँले जात्राको ऐतिहासिकता र सांस्कृतिक महत्वका विविध विषयमा आ–आफ्ना धारण राखेको बताइएको छ । छलफलको अन्त्यमा सो सम्बन्धी गतिविधी अघि बढाउन कीर्तिपुर क्षेत्र पर्यटन विकास समाज, कीर्तिपुर सांस्कृतिक जात्रापर्व व्यवस्थापन समिति, कीर्तिपुर दीखु विकास समिति, कीर्ति अध्ययन तथा अनुसन्धान मण्डल र मच्छेगाउँ विकास कोषका एक/एक जना प्रतिनिधिहरु बैठक बसी आगामी कार्यक्रम अघि बढाउने निर्णय गरिएको छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete