Thursday, February 14, 2013

कीर्तिपुर दोस्रो लघुमेला फागुन १२ गते

वर्ष ९, अंक ४४ (२०६९ फागुन ४ गते शुक्रबार प्रकाशित)

कीर्तिपुर दोस्रो लघुमेला फागुन १२ गते

     कीर्तिपुर । लायन्स कलव कीर्तिपुरद्वारा दोस्रो लघुमेला हुने भएको छ ।
    फागुन १२ गते (फेव्रुअरी २२) शनिबार दिनको १० वजेदेखि ६ बजेसम्म हुने सो मेला यस वर्ष कीर्तिपुरको चिठ्ठु, इटाछेँ, बाघभैरवस्थान, सतको, लायकू र उमामहेश्वर मन्दिर क्षेत्रभित्र हुनेछ ।
    कीर्तिपुर क्षेत्र पर्यटकीय आकर्षण बृद्धि गर्ने उद्देश्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय (घरेलु र बाह्य) पर्यटक बीच कीर्तिपुरको प्रचार प्रसार गर्न हुने सो मेला सुरुमा विधिवत उद्घाटन हुनेछ ।
    मेलामा प्लाष्टिक झोलामुक्त कीर्तिपुर शहर अभियानको प्रचार प्रसार, पर्यटन सम्बन्धी कार्यक्रम, फोटो प्रदर्शनी, कलाकारहरुको कला प्रदर्शनी, (ढुङ्गाको मूर्तिकला, पौभा लेखन, छ्वाली आर्ट), हस्तकला सामग्रीको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, डकुमेन्ट्री प्रदर्शनी (सातगाउँले जात्रा सम्बन्धी, पाँगाको अनौठो मसान, आकर्षण मण्डला लेखन), कीर्तिपुर नेवाः साँस्कृतिक संग्रहालयको अवलोकन, शिक्षा सम्बन्धी प्रदर्शनी, स्वास्थ्य शिविर, रक्तदान, धार्मिक गतिविधि, नेतृत्व विकास तालिम साथै व्यावसायिक स्टल र खानाका स्टलहरु रहने छन्  ।

No comments:

Post a Comment