Thursday, February 14, 2013

सरकारले मूल्यबृद्धि फिर्ता लियो, विद्यार्थीले विरोध जारी राखे

वर्ष ९, अंक ४४ (२०६९ फागुन ४ गते शुक्रबार प्रकाशित)

सरकारले मूल्यबृद्धि फिर्ता लियो, विद्यार्थीले विरोध जारी राखे

    काठमाडौं, फाल्गुन २ । सरकारले मूल्यवृद्धि फिर्ता लिएपनि विद्यार्थी तथा युवा संगठनहरुले भने मूल्यवृद्धि फेरि लागू गर्ने उद्देश्यले स्थगित मात्रै गरेको भन्दै विरोधका कार्यक्रम अघि सारेका छन् । विभिन्न विद्यार्थी संगठनहरुको छलफलपछि प्रदर्शनदेखि उपत्यका बन्द समेतका विरोधका कार्यक्रम सार्वजनिक गरिएको हो ।
    यदि सरकारले २४ घन्टाभित्र आधिकारिक निर्णय गरी मूल्यबृद्धि फिर्ता लिएन भने फागुन ६ गते उपत्यका बन्द गर्ने चेतावनी समेत दिएका छन् ।

No comments:

Post a Comment