Thursday, February 14, 2013

प्राथमिक उपचार तालिम हुने

वर्ष ९, अंक ४४ (२०६९ फागुन ४ गते शुक्रबार प्रकाशित)

 प्राथमिक उपचार तालिम हुने

    कीर्तिपुर  । नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखा र कीर्तिपुर उपशाखाको संयुक्त आयोजनामा यहि फागुन ८– ११ गते सम्म कीर्तिपुर नपा वडा नं. ९ र ११ सम्म सुरक्षित समुदायको लागि भुकम्प पूर्व तयारी कार्यक्रम अन्तर्गत आधारभूत प्राथमिक उपचार तालिम हुने भएको छ ।
    यस तालिमबाट भूकम्प आउँदा र भूकम्प पछि आईपर्ने मानवीय समस्या समाधानमा टेवा पुग्ने आयोजकले जनाएको छ ।
    कीर्तिपुरका विभिन्न क्षेत्रमा तालिम संचालन गर्ने क्रममा माघ २७ देखि फागुन ३ गते सम्म कीर्तिप्ुर नपा वडा नं. १६ नगाउँ र कीनपा वडा नं. ८ गोदामचौरमा सम्पन्न गरिसकेको छ ।

No comments:

Post a Comment