वर्ष ९, अंक ४४ (२०६९ फागुन ४ गते शुक्रबार प्रकाशित)
बजेट नहुँदा कृषि कार्यक्रम प्रभावित
ललितपुर । जिल्ला कृषि विकास कार्यालय ललितपुरमा सञ्चालन गरिने
कार्यक्रमका लागि बजेट नहुँदा यहाँका सम्पूर्ण कृषि कार्यक्रम प्रभावित
भएका छन् ।
गत वर्ष जिल्लामा कार्यक्रम सञ्चालनका लागि रू. ३२ लाख विनियोजन भएको थियो । यस वर्ष बजेट एकै पटक नआए पनि पहिलो चौमासिकमा कृषि कार्यक्रमका रू. ११ लाख ७३ हजार खर्च गरिएको थियो ।
यसैगरी दोस्रो चौमासिकका लागि रू. नौ लाख ८१ हजार छुट्याइएपछि जिल्लामा सञ्चालन गरिने कार्यक्रमको लागि बजेट नपुगेको कृषि कार्यालयका योजना अधिकृत हरिप्रसाद पण्डितले जानकारी दिनुभयो ।
यस वर्ष सुन्तला जातका फलफूल विरूवा वितरण, हिउँदे फलफूल विरूवा वितरण, टनेलमा गरिने तरकारी खेतीका लागि प्लाष्टिकमा ५१ प्रतिशत अनुदान, व्यवसायिक बिजवृद्धि कार्यक्रम, च्याउ खेतीका लागि बीउ तथा प्रविधि जानकारी गराउनेलगायतका कार्यक्रम प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
यी कार्यक्रम प्रभावित भएसँगै कृषकसँगको सम्बन्धमा समेत असर पर्नसक्ने अधिकृत पण्डितले बताउनुभयो । जिल्लास्तरीय विभिन्न तालिमलगायतका कार्यक्रम गर्न नसक्दा कृषकमा नैराश्यता समेत उत्पन्न भएको उहाँले बताउनुभयो ।
यी कार्यक्रम अहिले नहुँदा यसले दीर्घकालीन समस्या देखिन सक्ने उहाँको भनाइ छ । फलफूल खेतीसम्बन्धी कार्यक्रमले तीन र चार वर्षपछि मात्र उत्पादन सुरू गर्ने भएकोले यो वर्ष नभएको कार्यक्रम अर्को वर्ष पनि होला कि नहोला भन्दै कृषक कार्यक्रमका लागि नआउन सक्ने भएकोले फलफूल खेतीमा विशेष प्रभाव पर्न सक्ने उहाँले बताउनुभयो ।
खाद्यान्न बालीमा नयाँ बीउ लगाएमा ३१ देखि ४१ प्रतिशतसम्म उत्पादनमा बृद्धि हुने भएपनि यस वर्ष कार्यक्रम प्रभावित हुँदा बाहिरबाट नै खाद्यन्न आयात गर्नुपर्ने सम्भावनालाई पनि उहाँले औंल्याउनुभयो ।

No comments:
Post a Comment