Thursday, February 14, 2013

होर्डिङ बोर्ड हटाइने

वर्ष ९, अंक ४४ (२०६९ फागुन ४ गते शुक्रबार प्रकाशित)

होर्डिङ बोर्ड हटाइने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले फागुनदेखि नगर क्षेत्रका अव्यवस्थित होर्डिङ बोर्ड हटाउने भएको छ ।
    महानगरपालिकाले घरको छतमाथि र सडक छेउ राखिएका समयमै विज्ञापन कर नतिर्ने विज्ञापनका बोर्डहरू हटाउने भएको हो ।
    सहरको सौन्दर्य र सुरक्षालाई मध्यनजर गर्दै फागुन महिनादेखि अव्यवस्थित होर्डिङ बोर्ड हटाउने तयारी भएको महानगरपालिका आर्थिक व्यवस्थापन विभागका प्रमुख बद्रीबहादुर खड्काले बताउनुभयो ।
    उहाँले चैतबाट घरको छतमाथिको बोर्ड हटाउने निर्णय भएको भएपनि समयमै कर नतिर्ने बोर्ड फागुनदेखि नै हटाउन सुरू गरिने बताउनुभयो ।
    सम्बन्धित व्यवसायीलाई पटक पटक हटाउन निर्देशन दिइएपनि नहटाएकोले महानगरपालिका आफैंले बोर्ड हटाउन लागेको हो । महानगरपालिकाका अनुसार घरको छत माथिका अधिकांश होर्डिङ बोर्ड जोखिमपूर्ण अवस्थामा रहेकाले हटाउने अभियान थाल्न लागिएको हो । महानगरपालिका क्षेत्रभित्र ६५० को हाराहारीमा व्यावसायिक होर्डिङ बोर्ड रहेको महानगरपालिकाले जनाएको छ ।

No comments:

Post a Comment