Thursday, February 14, 2013

श्रीपञ्चमी बचतको प्रारम्भिक साधारण सभा सम्पन्न

वर्ष ९, अंक ४४ (२०६९ फागुन ४ गते शुक्रबार प्रकाशित)

श्रीपञ्चमी बचतको प्रारम्भिक साधारण सभा सम्पन्न

   श्रीपञ्चमी बचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारण सभा तथा श्रीपञ्चमी मानन्धर गुठीको दोस्रो वार्षिक साधारण सभा शनिबार कीर्तिपुरस्थित राराहिल विद्यालयको सभा हलमा सम्पन्न भयो ।
    काठमाडौं जिल्ला मानन्धर गुठीका उपसभापति मोहनकृष्ण मानन्धरको प्रमुख आतिथ्यमा पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको सो सभामा वहाँले मानन्धर गुठीको पहिचान सधैँ उज्ज्वल रही रहने बताउनुभयो । त्यसको लागि हामी सबै मानन्धरहरु एक जुट भई रहनुपर्दछ भन्नुभयो । मन्तव्यकै क्रममा वहाँले श्रीपञ्चमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले छोटो समयमै बचत तथा ऋण प्रवाह कारोबारले यस बचतको राम्रो सक्रियता रहेको प्रष्ट छ भन्नुभयो । कार्यक्रममा प्रमुख अतिथि मानन्धरले मानन्धर गुठीका सदस्य परिवारका प्रवेशिका उतीर्ण हुने ७ जनतालाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो भने उत्कृष्ट हुने ३ जना सुजिना मानन्धर (८६.८०%), सरु मानन्धर (८०.८८%) र सुविना महर्जनलाई क्रमशः जनही रु. ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार समेत प्रदान गर्नुभएको थियो ।
    सबै उतीर्ण विद्यार्थीहरुलाई नारी सेवा बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट सहना पसकलले मायाको चिनोबाट पुरस्कृत गर्नुभएको थियो ।
    साथै प्रमुख अतिथिबाट मानन्धर दीप निर्माणमा सक्रिय हुनु भएका र कीर्तिपुरमा रहेका विभिन्न गुठी महर्जन, श्रेष्ठ, शाही, पोडे, नापित, दर्शनधारीलाई पनि सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
    कार्यक्रममा सभापति एवं मानन्धर गुठीका अध्यक्ष सिद्धिकुमार मानन्धरले सबै अतिथिहरुलाई खादा ओढाई स्वागत सत्कार गरिएको थियो ।
    त्यसक्रममा वहाँले अब कीर्तिपुरको नेतृत्व स्थानीयवासीले नै लिनुपर्ने बताउँदै ब्राम्हण र खस जातिको थिचोमिचो र नेतृत्व तोड्नुपर्ने बताउनुभयो ।
    अब मानन्धर समूहले मानन्धर विकास बैंक खोल्ने पहल ढिला गर्नुहुने आग्रह समेत गर्नुभयो ।
    कार्यक्रममा गुठीका कोषाध्यक्ष श्यामकाजी मानन्धर र श्रीपञ्चमी बचत सहकारीका कोषाध्यक्ष राजु मानन्धरले आ–आफ्नो संस्थाको आर्थिक प्रतिवदेन पेश गर्नुभएको थियो ।
    दुवै संस्थाका सचिव जुजुकाजी मानन्धरले सबै सहभागीलाई स्वागत मन्तव्यबाट स्वागत गर्नुभएको थियो ।

No comments:

Post a Comment