Thursday, February 14, 2013

रक्तसंकलन केन्द्र संचालनका सम्बन्धमा छलफल

वर्ष ९, अंक ४४ (२०६९ फागुन ४ गते शुक्रबार प्रकाशित)

रक्तसंकलन केन्द्र संचालनका सम्बन्धमा छलफल

    कीर्तिपुर । नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर शाखाबाट कीर्तिपुरमा पनि केही महिना अघिबाट रक्त संकलन गर्दै आइरहेको छ । रक्तसंकलन केन्द्रको रुपमा स्थापित सो केन्द्र सम्बन्धमा कसरी प्रभावकारी बनाउने आदिबारे माघ २७ गते कीर्तिपुर पार्टी प्यालेसमा खुल्ला छलफल सम्पन्न भयो ।
    छलफलमा रक्त संकलन केन्द्र संचालनमा आइ पर्नसक्ने सम्भावना त्यसका कारण, न्यूनीकरण गर्ने उपाय, तत्काल र दीर्घकालिन रुपमा अपनाउन सक्ने उपाय, कार्यान्वयनमा स्थानीय सरोकारवालाहरुको भूमिका र जिम्मेवारी, थप प्रभावकारी कसरी गर्ने बारे समूहगत छलफल भएको थियो ।
    कार्यक्रममा कीर्तिपुर उपशाखाका कार्यवाहक सचिव कविन्द्र कार्कीले रेडक्रसको स्थानीय गतिविधिबारे र नेरेसो रक्त संचार केन्द्रका वरिष्ठ प्राविधिक अनिल महर्जनले रक्त संकलन केन्द्र र यसका गतिविधहरुका सम्बन्धमा जानकारी दिनुभएको थियो ।
    रक्त संकलन केन्द्र उपसिमिति गठन गर्ने सम्बन्धमा संस्थाका सल्लाहकार आकर्षण प्रधानले बोल्नुभएको थियो । सो उपसमिति अर्को छलफलमा गर्ने भएको छ ।
    कार्यक्रम कीर्तिपुर उपशाखाका सभापति हर्षमान महर्जनको सभापतित्वमा भएको थियो ।

No comments:

Post a Comment